माउन्टेन इनर्जीको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2024 | 04:06:52 PM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन इनर्जी नेपाल लिमिटेडको दशौ साधारणसभा सम्पन्न भएको छ । आज कम्पनीका अध्यक्ष सुहदराज घिमिरेको अध्यक्षतामा आर्थिक वर्ष ७९/८० को साधारणसभा सम्पन्न भएको हो । 

साधारणसभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ ।  सभाले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।   


त्यस्तै सभाले संचालक समितिको तर्फवाट प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ।  कम्पनीको लेखा परिक्षकको प्रतिवेदन, सहित २०८० आषाढ मसान्त सम्मको वासलात, २०७९/०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्वद्ध अनुसूचिहरु पनि सभाले पारित गरेको छ।सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस कम्पनीको आ.व. २०८०/०८१ को लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

विशेष प्रस्ताव अन्तर्गत सभाले कम्पनीको प्रवन्ध पत्रको दफा ६ (ख) संशोधन गर्ने र सम्बन्धित निकायवाट प्रवन्ध पत्र तथा नियमावलीमा सामान्य संशोधन गर्न माग भए अनुरुप आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved