नारायणी डेभलपमेन्ट बैंकद्वारा साधारण सभा आह्वान, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2024 | 12:44:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नरायणी डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले वैशाख १८ गतेका लागि २२औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । 

बैंकका अनुसार चितवनको होटल स्टारमा विहान ११:३० बजेदेखि सभा सुरु हुनेछ ।

छलफलको विषयः
(क) साधारण प्रस्ताव
१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूको आर्थिक वर्ष २०७९ / २०८० को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहित २०८० साल आसार मसान्तको वितीय विवरण, सोही मितिमा पेश भएको आर्थिक वर्ष २०७९ / २०८० को नाफा नोक्सान हिसाब विवरण, नगद प्रवाह विवरण, इक्वीटिमा भएको परिवर्तनको विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु पारित गर्ने।

३. लेखापरीक्षण समितिको सिफारीसमा बैंकको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. संचालकहरुको मनोनयन / निर्वाचन गर्ने ।

५. विविध ।

(ख) विशेष प्रस्तावहरुः
१. ने.रा. बैंकको पुर्व स्वीकृति बमोजिम कम्पनीको रजिष्टर्ड (केन्द्रीय) कार्यालयको ठेगाना परिवर्तन गर्ने

२. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधनको प्रस्ताव ।

३. यस नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger ) तथा प्राप्ति / समाहित (Acquisition) हुने, रणनीतिक साझेदार, नयाँ लगानीकर्ता भित्र्याउने प्रयोजनका लागि उपयुक्त बैंक वित्तीय संस्था, साझेदार, लगानीकर्ताको पहिचान गर्ने, सहमति पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याकंन (Due Diligence Audit) गर्ने परामर्शदाता मुल्याकनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने तथा उक्त कार्यसँग सम्बन्धित अन्य आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने।

४. कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्ने सम्बन्धमा कम्पनीको आवश्यकता अनुसार तथा नियमनकारी निकायहरुबाट कुनै फेरवदल, सुझाव भएमा सोही अनुसार आवश्यक फेरवदल गर्न संचालक समिति वा संचालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिन स्वीकृती दिने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved