तारेखमा छुटेका चिनी उद्योगी सम्पर्क विहीन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 03:30:57 PM मा प्रकाशित

laxmi  sunrise bank

दैनिक उखुको बक्यौता रकम भुक्तानी गर्ने भन्दै शर्तसहित तारेखमा छुटेका अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक मनोज अग्रवाल सम्पर्क विहीन भएका छन् । किसानलाई उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीको निर्देशनमा अग्रवाललाई पुस १६ गते वीरगन्जबाट प्रक्राउ गरिएको थियो । 

सञ्चालक प्रक्राउ परेपछि भुक्तानी दिन सुरु गरेपछि एक सातामा सबै बक्यौता रकम भुक्तानी गर्ने शर्तसहित पुस १७ गते तारेखमा छुटेका अग्रवाल हाल सम्पर्क विहीन भएको जिल्ला प्रशासन कार्यालय सलार्हीले जनाएको छ । 

जिल्ला प्रशासनको सम्पर्कमा रहेका अग्रवाल केही दिनयता सम्र्पक विहीन भएको सलार्हीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल बताउँछन् । ‘किसानलाई उखुको बक्यौता रकम भुक्तानी नगरेपछि खाता रोक्का गरिएको थियो, अग्रवाल सम्र्पकमा नआउँदा खातामा रहेको करिव २ करोड रकम भुक्तानी गर्न पाइएन’, उनले भने ।

अग्रवाल सञ्चालक रहेको दुई चिनी मिलले उखु किसानलाई सबैभन्दा धेरै बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । प्रशासनको  तथ्यांक अनुसार अन्नपूर्ण चिनी मिलको ६ करोड र इन्दिराको ४ करोड ७० लाख गरेर अझैँ १० करोड ७० लाख बढी भुक्तानी बाँकी रहेको छ । 

१७ करोड बक्यौता रकम रहेको अन्नपूर्णले भुक्तानी सुरु गरेतापनि ४ रकोड ७० लाख बक्यौता रकम रहेको इन्दिरा सुगर मिलको भुक्तानी सुरु नै गरेको छैन् । इन्दिरा मिलको खातामा १ करोड ५० लाख रकम रहेतापनि सञ्चालक सम्पर्कमा नहुँदा वितरणमा समस्या भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved