सम्झौता भईसकेको मल दिन बंगलादेशको आनाकानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2021 | 12:10:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकार र बंगलादेश सरकार (सरकार–सरकारबीच जीटुजी) मार्फत ५० हजार मेट्रिक टन रासायनिक मल खरिदको सम्झौता भएको डेढ महिना पूरा हुँदा समेत मल खरिदको प्रक्रिया सुरु हुन सकेको छैन । 

बंगलादेश सरकारले मल दिन आनाकानी गर्दा प्रक्रिया सुरु हुन नसकेको कृषि सामग्री कम्पनीले जनाएको छ । मल खरिदको जिम्मा पाएको सरकारी कार्यालयले गर्नुपर्ने सबै काम सकेर बंगलादेशमा पठाएको लामो समयहुँदा उताबाट ढिलाई भएको जनाउँदै आएको छ । 

कृषि कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारी बंगलादेशले प्रतीतपत्र (एलसी) खोल्ने प्रक्रिया नसकिएको भन्दै आनाकानी गर्दै आएको बताउँछन् । ‘हामीले पुस २ मा सम्झौता गरेर फर्किएको दश दिनमा सबै काम सकेर उता पठाएका थियौँ, तर एक महिना पूराहुँदा समेत बंगलादेश सरकारले एलसी खोल्न ढिलाई गर्दै आएको छ’, उनले भने ।

जीटुजी मार्फत मल खरिदको सम्झौताका भएको तीन महिनाभित्र मल ढुवानी भैसक्ने उल्लेख गरिएको छ । तर सम्झौता भएको ४८ दिनपूरा हुँदा समेत खरिदको तयारी नहुँदा तीन महिनाभित्र मल आउने सम्भावना न्यून रहेको जानाकारहरु बताउँछन् । 

‘हामीले बंगलादेशसँग मल खरिदको सम्झौता गर्ने समयमा अन्तराष्ट्रिय रुपमा नै मलको मूल्य सस्तो रहेको थियो, हाल मलको मूल्य बढेको छ । मलको मूल्य बढेको र हामीसँग केही यूरिया मल मौज्दात रहँदा बंगलादेशले दिन ढिलाई गरेको हुनसक्ने हामीले अनुमान गरेका छौँ’, उनले भने । 

मल खरिदको सम्बन्धमा कृषि कम्पनी निरन्तर बंगलादेशसँग सम्पर्कमा रहेको भन्दै कुटनितीक निकायको समेत प्रयोग हुँदै आएको उनी बताउँछन् । 

नेपालले बंगलादेशसँग प्रति मेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता गरेको थियो । तर हाल अन्तराष्ट्रिय रुपमा मलको मूल्यमा बृद्धि भएर प्रति मेट्रिक टन ४०७ अमेरिकी डलर पुगेको छ । 

जीटूजीमार्फत मल ल्याउन कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशन अुनसार कृषि सामग्री कम्पनीले मल खरिदको तयारी गरेको थियो । 

तयारी स्वरुप पुस २ गते जीटुजी प्रक्रिया मार्फत मल खरिदका लागि कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved