चाबहिलमा तरकारी तथा फलफूल बजार खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 05:29:27 PM मा प्रकाशित

laxmi  sunrise bank

चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजारको ग्रान्ड ओपनिङ्ग सम्पन्न भएको छ । शनिबार आधुनिक कृषि बजारका अध्यक्ष श्री रबिन्द्र ज्वारचनको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन माइती नेपालकी अध्यक्ष तथा सामाजिक अभियन्ता अनुराधा कोइरालाले गरेकी थिइन् ।

कृषि बजारमा रहेको २५० स्टलमार्फत अर्गानिक तरकारी तथा फलफूलहरु सुपथ मूल्यमा उपलब्ध गराइने भएको छ । अब सम्पूर्ण उपभोक्ताहरुले रोजीरोजी, ताजा र चाहे जस्तो तरकारी तथा फलफूल खरिद गर्न पाउने छन् ।

मुख्यतया बजारको उदेश्य भनेको सम्पूर्ण उपभोक्तालाई उचित मूल्यमा सबै प्रकारका तरकारी तथा फलफूलहरु उपलब्ध गराउनु रहेको बताईएको छ । यसरी सम्पूर्ण उपभोक्ताहरुको सहजताका लागि संचालनमा ल्याइएको, चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजार, ओम् अस्पतालको पछाडीपट्टि अवस्थित छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved