प्रदेश १ मा साढे ५४ अर्ब कृषि कर्जा प्रवाह, सबैभन्दा बढी मोरङमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2022 | 10:48:30 AM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्षमा प्रदेश १ मा ५४ अर्ब ५२ करोड रुपैयाँ कृषि कर्जा प्रवाह भएको छ। जुन अघिल्लो आर्थिक वर्ष २०७७÷२०७८ को तुलनामा १७.८ प्रतिशत बढी हो। अर्थात अघिल्लो आर्थिक वर्षमा ४६ अर्ब २९ करोड कृषि कर्जा प्रवाह भएको थियो।

कृषि तथा कृषिजन्य सेवाको शर्षिकमा सबैभन्दा बढी कर्जा

कृषि कर्जाको सबैभन्दा बढी हिस्सा कृषि तथा कृषिजन्य सेवाको शिर्षकमा गएको छ। यो शिर्षकमा १ अर्ब ३७ अर्ब ८ लाख रुपैयाँ अर्थात कुल कृषि कर्जाको २५.१ प्रतिशत गएको छ। यद्यपी यो रकम अघिल्लो वर्षको सोही अवधिमा सोही शिर्षकमा गएको कर्जाका तुलनामा ७.७ प्रतिशतले कम हो। अघिल्लो वर्ष यस्तो रकम १ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ प्रवाह भएको थियो।

दोस्रोमा पशुपालन तथा पशु बधशालाको शिर्षकमा गएको छ। यो शिर्षमा जाने कर्जाको हिस्सा कुल कृषि कर्जाको २४.५ प्रतिशत हो। साथै अघिल्लो वर्षको तुलनामा ३५.७ प्रतिशत बढी हो। यो शिर्षकमा गत वर्ष १ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ भने अघिल्लो वर्षमा ९८ करोड ४९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो।

कुन शिर्षकमा कति कर्जा प्रवाहः



कुन जिल्लामा कति कर्जा प्रवाह

बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न शिर्षकमा प्रवाह भएको कर्जामध्ये मोरङ जिल्लामा सबैभन्दा बढी कर्जा प्रवाह भएको देखिन्छ। मोरङमा २०७९ असार मसान्तसम्म १६ अर्ब ९६ करोड कर्जा प्रवाह भएको छ। जुन कुल कर्जाको ३१.१ प्रतिशत हो।

त्यस्तै यस्तो कर्जा सबैभन्दा कम सोलुखुम्बुमा भएको देखिन्छ। यो जिल्लामा ३५ करोड अर्थात प्रदेश १ मा कृषि कर्जाको लागि प्रवाह भएको कुल कर्जा रकमको मात्रै शुन्य दशमलव ६ हो।



नेपाल राष्ट्र बैंकका अनुसार प्रदेश १ मा २०७८ मा ५ खर्ब ४३ अर्व ९९करोड कर्जा प्रवाह भएको छ। कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको हिस्सा १० प्रतिशत हो। यस्तो हिस्सा अघिल्लो वर्ष ९.६ थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved