कालिमाटीको स्टल भाडा विवाद सुल्झाउन ५ सदस्यीय कार्यदल गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2023 | 09:15:38 AM मा प्रकाशित

laxmi  sunrise bank

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रतिस्पर्धा नगराई पूरानै व्यवसायीलाई स्टल उपलब्ध गराएपछि उत्पन्न विवाद समाधान गर्न कार्यदल बनेको छ । बजारका स्टललाई प्रतिस्पर्धामार्फत भाडामा लगाउने विषयमा समिति र राष्ट्रिय किसान सञ्जालका प्रतिनिधिबीच कार्यदल बनाएर समस्या समाधान गर्ने सहमति भएको हो ।

मन्त्रालयका सहसचिवको नेतृत्वमा बन्ने कार्यदलमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका तर्फबाट ३ जना र किसान सञ्जालका तर्फबाट २ जना प्रतिनिधि रहने छन् । नेपाल किसान महासंघका सभापति तथा किसान सञ्जालका संयोजक गणेशचन्द्र तिमिल्सिनाका अनुसार कृषिमन्त्री डा. बेदुराम भुसाललाई समेत सँगै राखेर गरिएको वार्तामा यस्तो सहमति जुटेको हो ।

सहमतिमा कालिकाटी फलफूल तथा तरकारी बजार विकास समितिका तर्फबाट अध्यक्ष मदन भुजेल र किसान सञ्जालका तर्फबाट संयोजक नेपाल किसान महासंघका सभापति गणेशचन्द्र तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved