रैथाने हाट बजारमा डेरी एसोसियसनको ‘निःशुल्क मही’ अभियान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2023 | 09:16:09 AM मा प्रकाशित

laxmi  sunrise bank

रैथाने हाट बजारमा निःशुल्क मही सेवन गराउन नेपाल डेरी एसोसिएसनले सम्झौता गरेको छ । नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि. काठमाडौँ बिच भदौ ९ गते भएको सम्झौता अनुसार अब प्रत्येक शनिबार दरबारमार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्रि वितरणका लागि आयोजना गरिएको हाट बजारमा ठेकीमा मही तुलाही निःशुल्क खुवाइनेछ । 

सम्झौतामा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद नेपाल र रैथाने एग्री प्रडक्टस् नेपालका अध्यक्ष तिलक ढकालले हस्ताक्षर गरेका छन् । कार्यक्रममा प्रमूख अतिथि पूर्व संस्कृति तथा पर्यटन प्रदेशमन्त्री याङ्गकिला शेर्पा र विशेष अतिथि बागमती प्रदेश सांसद रमेश कुमार महत पनि उपस्थित थिए ।

ठेकीका मही खुवाउने अभियानले युवा पुस्तामा हाम्रा मौलिक उत्पादन र रैथाने उत्पादनको ज्ञान प्रदान गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । नेपाल डेरी एसोसिएसनले आफैं शुरूवात गरेको यो अभियान आज ठूलो अभियान कर्ता रैथानेसँग जोडिएर गर्न लागेकोले यसले थप प्रोत्साहन पाउने एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले बताए। 

कार्यक्रममा प्रमूख अतिथि पूर्वमन्त्री शेपाले रैथाने किसिमका सम्पूर्ण वस्तुहरु बजारमा यथेष्ट रुपमा उपलब्ध गराउन अझ जुझारु तरिकाले लाग्न, हाम्रो परम्परा जोगाउँदै र पर्यटन र संस्कृति बचाउन नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्ट्सले ठूलो भुमिका खेलेकोमा बधाई दिए । 

रैथाने एग्री प्रडक्ट्सका तिलक ढकालले आफ्ना सन्ततीले अब रैथाने किसिमका उत्पादन र संस्कृति बिर्संदै आएकाले यसको जगेर्नाका गर्नका लागि अहोरात्र खटिएको कुरा राख्दै नेपाल डेरी एसोसिएसनलाई धन्यवाद दिए । 

डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले एसोसियनसले मही अभियान धेरै वर्ष अघिदेखि शुरु गरेको र अब रैथाने हाट बजारमा प्रत्यक्ष मोही तुलाई पिलाउँन पाउँदा ज्यादै खुशी लागेको र यसरी संस्कृति र परम्परा जोगानका लागि नेपाल डेरी एसोसिएसन संधै अग्रणीस्थानमा रहने बताए । 

अब प्रत्येक हप्ता लाग्ने हाट बजारमा  बिहान ६  बजेबाट बिहान १२ भित्र उपस्थित भएर रैथाने कृषि सामाग्री अवलोकन एवं खरिद गर्न सकिनेछ । साथै अभियानले हाट बजारमा आउँदा आफ्ना बालबालिकालाई पनि सँगै ल्याएर अवलोकन गराउन पनि अनुरोध गरेको छ । 

हाट बजारमा घरको भान्सामा आवश्यक सबै किसिमका सामान उपलब्ध छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved