रामेछापमा उत्पादित तरकारी र कृषिउपजको बजारीकरण गोल्यान समूहले गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2023 | 10:47:28 AM मा प्रकाशित

laxmi  sunrise bank

गोल्यान समूहअन्तर्गतको गोल्यान एग्रो प्रा.लि. र जनता एग्रो एण्ड फरेष्ट्रीले रामेछापको गोकुलगंगा गाउँपाउँपालिका भित्र उत्पादित तरकारी र कृषिउपजहरु खरिद गरिदिने भएको छ । किबीदेखि आलुसम्मको पकेट क्षेत्र मानिने गोकुलगंगामा उत्पादित कृषिजन्य वस्तुहरुको बजारीकरण अब गोल्यान समूहले गर्ने भएको हो । 

यसको चाँजोपाँजो पत्रकारसमेत रहेका त्यहाँका स्थानीय अनिष मिजारले मिलाएका हुन् । उनैले गोल्यानलाई गोकुलगंगा भ्रमण गराएका हुन् । यो कामको नेतृत्व गोकुलगंगा गाउँपालिकाका पूर्व अध्यक्ष खड्ग सुनुवारले गर्ने भएका छन् ।

रामेछाप जिल्लाको गोकुलगंगा पाउँपालिकाभित्र उत्पादित कृषिउपजलाई खरिद गरी गोल्यान समूहअन्तर्गतको जनता एग्रो एण्ड फरेष्ट्री र माटो ब्राण्डमार्फत बजारीकरण गरिने भएकोह ो । गोकुलगंगाको कृषि उत्पादनमा वृद्धि गर्ने र किसानहरुलाई व्यवसायिक कृषिमा लगाएर पालिकामा उत्पादन भएको कृषिउपज खरिद गरी बजारको सुनिश्चितता गर्न लागिएको गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले बताए । 

गोकुलगंगा गाउँपालिका कृषि उत्पादनमा ठूलो सम्भावना देखिएकाले जनता एग्रोले उक्त पालिकाबाट पहाडको उत्पादन बजारीकरण गरी विदेशसम्म निर्यात गर्ने वातावरण बनाउन लागिएको कम्पनीले बताएको छ । जनता एग्रो एण्ड फरेष्ट्री र माटो ब्राण्डले आगामी ५ वर्षमा ५० हजार किसानसँग जोडिने उद्देश्यका साथ गोकुलगंगा पालिकामा कृषिउपज तरकारी, फलफूल लगायतका वस्तु खरिद गरी बजारीकरण गर्ने योजना बनाइएको गोल्यानले बताए । उनले गोकुलगंगाको भुगोल, हावापानी र किसानहरुको उत्साह देखेर किसानहरुसँग सहकार्य गर्न लागिएको बताए । 

 यस योजनामा गोल्यान समूहले झापाका केही नगरपालिकालाई जोडिसकेको छ । अध्यक्ष गोल्यनका अनुसार गोकुलगंगा पहाडी जिल्लामा पहिलो परीक्षण हे । गोकुलगंगामा ५ सयदेखि ४३ सय मिटरको एउटै भुगोल भएकाले कृषिमा धेरै ठूलो सम्भावना देखिएको गोल्यान बताउँछन् । 

अध्यक्ष गोल्यानले सबै ठाउँमा बाटोको समस्याको कारण पुग्न नसकिए पनि रस्नालुसम्म पुग्दा साना किसान र कृषि प्रशोधनको लागि उपयुक्त ठाउँ भेटिएको उल्लेख गरेका छन् । पालिकाका किसानहरुलाई के के उत्पादन गर्ने भन्ने कुरा क्यालेण्डर बनाएर दिने र किसानले उत्पादन गरेका सबै उत्पादन खरिद गरी बजारीकरण तथा विदेश निर्यात गर्ने गोल्यानले बताएका छन् । उनले गोकुलगंगाका किसानलाई कृषि खेतीका लागि आवश्यक कृषि कर्जाका लागि समेत आफूले सहजीकरण गरिदिने प्रतिवद्धता जनाएका छन् । 

‘गोकुलगंगामा कन्ट्याक्ट फार्मिङ सुरुवात गरी त्यहाँका किसानको आम्दानी पाँच वर्षमा दोब्बर बनाउने उद्देश्य छ’ गोल्यानले भने, ‘गोकुलगंगाको उत्पादनलाई काठमाडौंमा मात्रै नभएर विश्वभर रहेका ८० लाख एनआरएनहरुलाई पु¥याउन सकिन्छ ।’

गोल्यान समूहअन्तर्गत गोल्यान एग्रोमार्फत माटो ब्राण्ड स्थापित भइसकेको छ । अहिले अर्गानी ब्राण्ड आशापुरी समेत जोडेर जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड सञ्चालनमा ल्याउने तयारीमा गोल्यान समूह लागिरहेको छ । 

‘गोल्यान समूहले गोल्यान एग्रो प्रा.लि.मार्फत माटो ब्राण्ड अगाडि नै स्थापित गराएका छौं, अहिले सर्टिफाइट अर्गानी ब्राण्ड आशापुरी समेत जोडेर जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड सञ्चालनमा ल्याएका छौं, यसबाट विदेश निर्यात थालेका छौँ’ गोल्यान भन्छन्, ‘नेपालभरका किसानहरुसँग जोडिने र किसानसँग कन्ट्याक फार्मिङ गर्ने र किसानले उत्पादन गरेका सामान खरिद गर्ने, माटो ब्राण्डमा कृषि प्रशोद्धन समेत गरेर नेपालमा बेच्ने र विदेशमा समेत निर्यात गर्ने योजना छ ।’

उनले अबको ५ वर्षमा ५० हजार किसानसँग जोडिँदै किसानसँग सहकार्य गरेर पालिकाहरुमा गएर काम सुरु गरिसकिएको बताए । 

‘सुरुवात झापाबाट भइसकेको छ, त्यही क्रममा रामेछापको गोकुलगंगा पालिकामा पुग्यौं,  गोकुलगंगाको ५ सय देखि ४३ सय मिटरको एउटै भूगोलमा कृषिको धेरै सम्भावना देखियो, सबै ठाउँमा बाटोको समस्याको कारण पुग्न सकिएन । गोकुलगंगाका साना किसान र कृषि प्रशोधनको लागि उपयुक्त ठाउँ भेट्टायौं । गोकुलगंगाका किसानसँग जोडिन लालयित छौं’ उनले भने, ‘त्यहाँका किसानहरु पनि उत्साहित हुनुभएको छ । त्यहाँका किसानहरुलाई के के उत्पादन गर्ने क्यालेण्डर बनाएर दिन्छौं । किसानलाई कृषि उत्पादनको लागि कृषि कर्जा दिलाउनको लागि सहजीकरण र सहकार्य गर्छौं । हामीले दिएको क्यालेण्डर अनुसार भएको सबै कृषि उत्पादन हामी किन्छौं । अहिले भइरहेको रैथाने उत्पादनहरु पनि किन्छौं ।’

गोल्यान एग्रो प्रा.लि.ले पहिलो चरणमा झापाका विभिन्न स्थानमा २ सय बिघा जग्गा खरिद गरेर व्यावसायिक फार्मको स्थापना गरेर कृषिमा काम गरिरहेको छ । गोल्यान समूहले देशभरबाट प्रांगरिक कृषिउपज संकलन गरी माटो ब्राण्डमार्फत बजारीकरण गरिरहेको छ । माटो ब्राण्डमार्फत मौसमी तरकारीसँगै फलफूल, चिया, कफी, मसला, बासनादार चामल, महलगायतका सबैखाले कृषिजन्य उपजहरू उपलब्ध गराउँदै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved