कृषि उद्यम केन्द्रको निष्कर्ष: कृषि उपज निकासीका लागि सहजीकरण आवश्यक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2024 | 09:57:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रको सञ्चालक समितिको छैठौँ बैठक सम्पन्न भएको छ । समितिका सभापति डि.बि. बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रले गठन गरेका विभिन्न ५ उपसमितका संयोजकहरुले आ–आफ्नो उपसमितिले हासिल गरेका प्रगति सार्वजनिक गरेका छन् ।

कृषि उद्यम केन्द्रका सभापति बस्नेतले आगामी बजेटमा सरकारलाई कृषि व्यवसाय प्रवद्र्धन गर्न आवश्यक कार्यक्रमकाबारे सुझाव दिने, कृषि उद्यम केन्द्रलाई कृषि वस्तुमा आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्ने गरि कार्यक्रम सचालन गर्ने र सो को लागि सरकारी तथा गैर सरकारी निकायहरुसँग मिलेर सहकार्य गर्ने विषय बैठकमा राखेका थिए ।

सभापति बस्नेतले कृषिको व्यवसायीकरण र आधुनिकीकरणलाई जोड दिने सोचका साथ केन्द्रले सरकारलाई आवश्यक नीति नियम निर्माण र संशोधनको लागी अनुरोध गर्नुका साथै विभिन्न दाताहरुको सहकार्यबाट आयातलाई प्रतिस्थापन गर्ने कार्यक्रमहरुमा केन्द्रको ध्यान गएको बताएका छन् । उनले विदेशबाट आयातित भन्दा स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्नुपर्ने, स्थानीय  उत्पादनमा जोड दिई स्थापना भएको कोल्ड स्टोरहरुलाई पूर्ण रुपमा संचालन गरी भण्डार गर्न सके विदेशबाट आयात घटन गई स्वदेशी उत्पादनको प्रवद्र्धन हुने भएकोले सो तर्फ सरकार  तथा सम्बन्धित सरोकारवालाहरु लाग्नु पर्ने पनि बताएका छन् ।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रतिनिधी डा. प्रधुम्नराज पाण्डेले कृषि उद्यम केन्द्र नीजि क्षेत्रको सशक्त निकाय भएकोले केन्द्रले कृषि क्षेत्रको विकासको लागी प्रभावकारी भूमिका खेली रहेको चर्चा गर्दै मन्त्रालय केन्द्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले खाली जग्गालाई उत्पादनमा जोड दिनु पर्ने पनि बताए । 

उद्योग मन्त्रालयका प्रतिनिधी चित्रा कुमारी कठायतले केन्द्रलाई आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको बताउँदै स्टार्ट अपमा कृषि क्षेत्रमा के गर्दा राम्रो हुन्छ सुझावको अपेक्षां राखेको बताइन् । उनले हाल स्टार्टअप उद्यम कर्जाका लागी आह्वान गरिएको प्रस्तावको बारेमा सरोकारवालाहरुलाई जानकारी गराउन सकेको खण्डमा सही प्रस्ताव प्राप्त गर्न सहयोग पुग्ने पनि बताएकी छिन् । 

बैठकले कृषि व्यवसायसँग सरोकार रहेका विभिन्न नीतिगत विषयहरु जस्तैः विद्युत महशुलमा अनुदान, भन्सार छुट, कर, बैकिङ्ग, बीमा, कोल्ड स्टोर आदिमा बैठकमा व्यापक रुपमा छलफल गरिएको थियो । 

कृषि उद्यम केन्द्रका सहसभापति राज कुमार कार्कीले बैठकको समापन गर्दै अन्तरमन्त्रालय समन्वय र सहकार्य नभएको कारण व्यवसायीहरुले अनावश्यक झन्झट खेप्नु परिरहेको गुनासो गरेका छन् । उनले यसकारण विदेश निर्यातमा कठिनाई भएकोले त्यस तर्फ सम्बन्धित निकायले ध्यान दिन सकेको खण्डमा निर्यात गर्न सहज हुने पनि बताएका छन् ।

बैठकमा कृषि उद्यम केन्द्रका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र कुमार जोशीले केन्द्रले हालसम्म हासिल गरेको उपलब्धिहरु र भावी योजना बारे प्रस्तुतिकरण गरेका थिए । 

बैठकमा समितिका सदस्यहरु डा. रत्न कार्की, सुनिता न्हेम्हाफूकि, प्रल्हाद दहाल, मनोज चापागाई, अर्जुन श्रेष्ठ, झलक श्रेष्ठ, आशिष शर्मा, कृष्ण भक्त श्रेष्ठ, खिम बहादुर हमाल लगायत सहभागी थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved