काठमाडौंमा अत्याधुनिक बस संचालनमा, जिपिएस ट्रायाकिङ सेवादेखि डिजिटल पेमेन्टसम्म

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 14, 2018 | 01:16:18 PM मा प्रकाशित

laxmi  sunrise bank

गोंगबु–गल्कोपाखा–लैनचौर–रत्नपार्क–डिल्लीबजार–मैतीदेवी–पूरानो बानेश्वर–सिनामंगल ‘एस ५’रुटमा अत्याधुनिक बस सेवा संचालनमा आएको छ ।  एसियाली विकास बैंक (एडीबी)को सहयोगमा दिगो सार्वजनिक यातायात प्रालीले ४० सिट क्षमताको १७ वटा अत्याधुनिक बस संचालनमा ल्याएको हो ।

एडिबीले काठमाडौं दीगो शहरी यातायात आयोजना अन्तर्गत यी बस सञ्चालनमा ल्याएको हो । बस सञ्चालनमा आउनु अघि यस ५ रुटमा २६ माइक्रोबस र ३५ टेम्पो गुड्दै आएका थिए । बस सञ्चालनमा आएसँगै यो रुपबाटट ती सवारीहरु विस्थापित भएका छन् । ती सवारीहरु काठमाडौंकौं अन्य रुटमा स्थानान्तरण हुनेछन् । यी रुटमा सञ्चालन भईरहेका सवारीलाई विस्थापित गर्नका लागि सरकारले व्यवसायीलाई प्रोत्साहन स्वरुप १५ प्रतिशत अनुदान र ८० प्रतिशत सहुलिय ऋण उपलब्ध गराएको थियो ।

बस खरिद गर्नका लागि नगर विकास कोषले ८० प्रतिशत ऋण, एसियाली विकास वैकले १५ प्रतिशत अनुदान  दिएका छन् भने कम्पनीको ५ प्रतिशत लगानी रहेको छ । एस ५ रुटमा बस सञ्चालन गर्नका २ अर्ब २३ करोड रुपैयाँ बराबरको खर्च भएको छ । यसमा नेपाल सरकारले ८० करोड रुपैयाँ योगदान गर्नेछ । यी बस सञ्चालन गर्न, इ–टिकेटिङको व्यवस्था गर्न र जिपिएस प्रणाली राख्न करिब १० करोड रुपैयाँ (९ लाख डलर) खर्च भएको एडिबीले जनाएको छ ।

नयाँ बसमा सवारीको बस्तुस्थितिको अवस्था बारे जानकारी पाउँनका लागि जिपिएस ट्रायाकिङ सिस्टम जडान गरिएको छ । जसको मद्दतले यात्रुले सवारी पुगेको स्थानका बारेमा जानकारी पाउँन सक्छन् । डिजीटल कार्डबाट गाडीको भाडा तिर्न सकिन्छ । त्यसका लागि कम्पनीले बसमा मेसिनहरु जडान गरेको छ । अहिले कम्पनीले कार्डको व्यवस्था गरिनसकेकाले विद्युतीय टिकेट मेसिनबाट टिकट प्रिन्ट गरेर दिने व्यवस्था मिलाएको  छ । कम्पनीले बस अपाङगमैत्री भएको बताएको छ । अपाङगका सुविधाका लागि गाडी भित्रै ह्विल चियर राख्ने मिल्ने प्रयाप्त ठाउँ भएको कम्पनीको दाबीे छ । आरक्षण सिटहरु फरक फरक रंगप्रयोग गरी सजिलै चिन्न सकिने गरी बनाइएको छ । बस फराकिलो हुनुका साथै ह्याङगर स्ट्रयाम्प रहेकाले उभिएर सहजै यात्रा गर्न सकिने कम्पनीको दाबी छ ।  साथै कम्पनीले सेवाग्राहीलाई मनोरञ्जन प्रदान गर्नका लागि लागि फ्रि वाईफाई ,एलइडी टीभी राखिएको छ । बसभित्र यात्रुको सुरक्षाका लागि दुवैतिर सिसिटीभी क्यामेरा जडान गरिएको छ ।

सरकारले ‘मास ट्रान्सपोर्ट’लाई प्राथमिकता दिने गरी काठमाडौं उपत्यकामा कायम रहेको करिब २ सय सवारी रुटलाई ६६ वटामा सीमित गर्ने योजनाअन्तर्गत पहिलो पटक एस ५ रुट को सुरुवात गरेको हो । योजनाअन्तर्गत अब उपत्यकामा प्राइमरी, सेकेन्डरी र टर्सरी गरि ३ वटा वर्गमा ६६ वटा रुट कायम हुनेछ । प्राइमरीमा ८० सिट क्षमताका बस सञ्चालन हुने ८ रुट, सेकेन्डरीमा ४० देखि ६० सिट क्षमताका सवारी गुड्ने १६ रुट र टर्सरीमा साना सवारी गुड्ने गरि ४२ रुट निर्धारण गरिने यातायात व्यवस्था विभागले जनाएको छ । एस ५ रुट सेकेन्डरी वर्गको हो । उपत्यकामा सार्वजनिक यातायातलाई व्यवस्थित र सुलव बनाउनका लागि विभागले एस ५ लाई पाइलट प्रोजेक्टको रुपमा लिइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved