फेक रेस्क्युको कारण बुकिङ रद्द गर्दै पर्यटक, ठूला व्यवसायी भन्छन्, ‘हल्ला मात्रै हो’

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 11, 2018 | 05:32:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली पर्यटनमा विगत वर्षदेखी खुब चर्चामा आएको फेक रेस्क्युको कारणले नेपाल आउन तयार रहेका पर्यटकले टिकट बुकिङ रद्द गर्न थालेका छन् । विशेष गरी पोखरा र पश्चिमाञ्चलका विभिन्न क्षेत्रको भ्रमणका लागी आउन थालेका पर्यटकले टिक रद्द गर्न थालेको व्यवसायीले गुनासो गरेका छन् । 

पर्वतारोहण र पदयात्राको लागी नेपाल आउने तयारीमा रहेका पर्यटकहरु नआउने जानकारी आउन थालेको व्यवसायीहरुले बताएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका पूर्व अध्यक्ष डम्बर केसी नेपालका ट्रेकिङ एजेन्सीले हेलिकोप्टर कम्पनी, अस्पतालसँग मिलेर फेक रेस्क्यू गर्ने, इन्सुरेन्सबाट रकम असुल्ने घटना बाहिरिएपछि पर्यटकहरु आउन आनाकानी गर्न थालेको बताउँछन् । 

फेक रेस्क्यूका कारण इन्स्योरेन्स कम्पनी नै नेपाल आउन चाहने पर्यटकको इन्सुरेन्स नै गर्न डराउन थालेका छन् । इन्सुरेन्स कम्पनीहरुबाट ठूलो रकम असुल्न फेक रेस्क्यू गर्नेलाई सरकारले कारबाही नगर्दा अन्तराष्ट्रिय स्तरमा नेपालको पर्यटकीय गन्तव्य असुरक्षित छ भन्ने सन्देश गएको व्यवसायीको बुझाई छ । फेक रेस्क्यूलाई व्यवसायीले पर्यटन क्षेत्रमा लागेको कालो धब्बा भनेका छन् । सरकारी अध्ययनले पनि फेक रेस्क्युको घटना वास्तविक रहेको देखाए पनि दोषीहरुलाई कारबाही गर्न ढिला भएको उनीहरुको गुनासो छ । 

उच्च हिमालका कारण नेपाल साहसिक पदयात्राका लागि विश्वमा परिचित छ । नेपाल आउने पर्यटकमध्ये ७५ प्रतिशत पर्यटक ट्रेकिङ गर्न आउने गर्दछन् । 

सरकारले फेक रेस्क्युको विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । जेठ २१ गते मन्त्रालयमा उजुरी परेपछि सरकारले गठन गरेको कार्यदलले दोषी देखाएपनि कारबाही भएको छैन । तर मन्त्रालयले भने कारबाहीको लागी तत् तत् निकायमा सिफारिस गरिसकिएको जनाएको छ । सन् २०२० लाई भिजिट नेपालको रुपमा मनाउने तयारी थालेको सरकारले दोषी व्यवसायीलाई कारबाही नगरेर आफ्नो लक्ष्य पूरा गर्न अझै चूनौती थपेको व्यवसायीको भनाई छ । २०२० सम्म २० लाख पर्यटक भित्र्याउने सरकारी घोषणा पूरा हुनेमा आशंका उब्जिएको छ । विजपाटी डटकमले यसअघि नै पर्यटनमा ‘फेक रेस्क्यु’ : ३ हेलिकप्टर कम्पनी सहित १५ संस्था कारबाहीमा शीर्षकको समाचार प्रकाशित गरिसकेको छ । 

के भन्छन् पर्यटन व्यवसायीका नेता ?

नेपाल घुम्न आउन टिकट बुकिङ गरिसकेका पर्यटकले बुकिङ रद्द गरेको विषय हल्ला मात्रै भएको पर्यटन व्यवसायीका नेताहरुको भनाई छ । विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीबाट बुकिङ रद्द गरेको गुनासो आईरहेका विषयमा विजपाटीले नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र ट्रेकिङ एजेन्स एशोसियसन नेपालका अध्यक्षसँग जिज्ञासा राखेको थियो । तर दुवै संगठनका अध्यक्षबाट बुकिङ रद्द गरेको विषय हल्ला मात्रै भएको प्रतिक्रिया दिए । 

राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष मदन आचार्यका अनुसार सरकारले कार्यविधि मार्फत फेक रेस्क्युको समस्या समाधान गर्न पहल कदमी लिसकेकोले हल्ला मात्रै भएको उनको भनाई छ । “ नेपालका पर्यटकीय गन्तव्य असुरक्षित छन भन्ने हल्ला फैलिएको हो, सरकारले कार्यविधि ल्याएर यो समस्याको समाधान गरिसकेको छ”, उनले भने “अहिले त्यो समस्या छैन, मनसुनको कारणले रद्द गरेको हुनसक्छ ।” 

आचार्यले नेपाल घुम्न आउने पर्यटकको रेस्क्युको विषयमा सरकारले जिम्मा लिने हो भने यो समस्या कहिल्यै नदोहोरिने बताए । “सरकार नै जिम्मेवार हुने गरी नियम बन्नुपर्छ, भिसा शुल्कमा केही रकम बढाएर उद्धार कोष खडा गर्ने हो भने यो समस्या कहिल्यै दाहोरिदैन” उनले भने, “रेस्क्युको केसमा सरकार नै जिम्मेवार रह्यो भने अन्तराष्ट्रिय समुदायमा सकारात्मक शन्देस जान्छ, हामीले सरकारलाई यो सुझाव दिसकेका छौँ ।”

ट्रेकिङ एजेन्स एशोसियसन नेपाल (टान) का अध्यक्ष नवराज दाहालले पनि बुकिङ रद्द गरेको समाचार हल्ला मात्रै भएको बताएका छन् । अन्तराष्ट्रिय समाचार संस्थाहरुमा रेस्क्युको विषयमा गलत समाचार गएको स्वीकार गर्दै उनले कार्यविधि नबन्दा समस्या रहेको तर अब समाधान भईसेको तर्क गरे । 

“बुकिङ रद्द गरेको विषय हल्ला मात्रै जस्तो लाग्छ, म पनि व्यवसायी नै हुँ, हाम्रोमा त्यस्तो समस्या छैन” उनले भने, “अहिले मनसुनको समय हो, यसपाली मनसुन लामो समय रहने संकेत देखिएको छ । यसकारण रद्द भएको हुन सक्छ, तर फेक रेस्क्युको कारणले बुकिङ रद्द भएको छैन ।” 

नेपाल घुम्न आउने अधिकांश अमेरिकी एवं युरोपेली पर्यटक बीमा गराएर मात्र आउने गर्छन् । उच्च हिमाली क्षेत्रमा जानुअघि व्यक्तिगत बीमा र मेडिकलसहित बीमा गराएर जाने पर्यटकमाथि फेक रेस्क्यु गरेर रकम असुल गर्ने गिरोहले सिंगो नेपालकै पदयात्रामा ठूलो असर पारेको छ । अन्तराष्ट्रिय बिमा कम्पनीले नेपाल आउने पर्यटकको बिमा गर्न नै असजिलो महशुस गर्न थालेका खबरहरु आईरहेका छन् । कतिपयले नेपाल आउने पर्यटकको बिमा नै गर्न समेत छोडिसकेका छन् । उनीहरुले प्रतिबन्धित देशमा जाने नागरिकको जत्तिकै प्रिमियम लिने पनि भनिसकेका छन् । यस्तो अवस्थामा सरकारले भिजिट नेपाल २०२० लाई तार्गेट बनाएर अन्तराष्ट्रिय स्तरमा नेपालको पर्यटकीय गन्तव्यहरु सुरक्षित छन् भन्ने शन्देस प्रवाह गर्न विलम्ब गर्नुहुँदैन ।

यस अघि :

पर्यटकको रेस्क्युमा नयाँ नियम, अब यसरी हुन्छ उद्धार



पर्यटनमा मौलाउँदै कमाउ धन्दा : फेक रेस्क्युले नेपाली पहिचान धरापमा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved