![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
काठमाडौँको न्यूरोडमा आइतबारदेखि स्मार्ट पार्किङ सुरु भएको छ । स्मार्ट पार्किङको काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका हुन् ।
त्रिभुवनको सालिकदेखि दायाँ र बायाँ पर्किङ गर्न सकिने छ । पार्ककेटीएम एपबाट स्मार्ट पार्किङको बुकिङ गर्न सकिने छ । बुक गरेको १५ मिनेटमा सवारी साधन पार्किङ क्षेत्रमा पुगिसक्नु पर्नेछ । उक्त स्थानमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जनाईएको छ ।
न्यूरोडमा ५ स्थानमा स्मार्ट पार्किङको व्यवस्था गरिएको पार्किङ सञ्चालक कम्पनी ह्वील्स ट्रुलीयोर्सले जनाएको छ । कम्पनीका अनुसार रामेश्वरम, विशालबजार, खिचापोखरी, धर्मपथ र पाकोमा पार्किङ गर्न मिल्ने व्यवस्था मिलाईएको छ ।
यी स्थानमा ८ सय मोटरसाईकल र ६० वटा चार पाङ्ग्रे गाडी पार्किङ गर्न सकनिे छ । मोटरसाईकलका लागि प्रतिघण्टा २५ रुपैयाँ र गाडीको लागि प्रतिघण्टा ८० रुपैया शुल्क लाग्नेछ ।