फोरजी सेवा सञ्चालन गर्न पाउने कम्पनि ३ पुगे, स्मार्ट टेलिकमले पायो अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 24, 2017 | 02:06:44 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्ट टेलिकमले फोरजी प्रविधिको सेवा सञ्चालन गर्न अनुमति पाएको छ  । नेपाल दुरसंचार प्राधिकरणको आइतवार बसेको बोर्ड बैठकले स्मार्टलाई १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता बमोजिम सेवा सञ्चालन गर्न स्वीकृति दिएको हो ।

प्राधिकरणले स्मार्टलाई विभिन्न शर्त सहित फोरजी संचालन अनुमति दिएको हो । स्मार्ट टेलिकमले नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने फ्रिक्वेन्सी दस्तुर, रोयल्टी तथा नविकरण दस्तुरलगायतका तिनुपर्ने दस्तुर बुझाइसकेपछि आगामी साउन १५ गतेदेखि प्रविधि तटस्थता बमोजिम सेवा प्रारम्भ गर्न पाउने गरी स्वीकृति पाएको हो । कम्पनीले फोरजी सञ्चालनका लागि पूर्वाधार तयार गरिसकेको बताएको छ ।


कम्पनीले अब नेपालरभर सेवा सञ्चालन गर्नु पर्ने छ।  त्यस्तै  प्रत्येक ३ महिनामा कार्यप्रगति विवरण प्राधिकरणमा पेश गर्नुपर्ने छ र  त्यसैगरी क्षेत्र बिस्तार तथा गुणस्तरका सम्बन्धमा प्राधिकरणले समय समयमा दिइने निर्देशन पालना गर्नुपर्ने छ । 

प्राधिकरणले यसअघि नै सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले यस्तो सेवा संचालनको अनुमति दिइसकेको छ । स्मार्टले फोरजी सेवा सञ्चालनको अनमुति पाएपछि यस्तो सेवा संचालनको अनुमति पाउने कम्पनीको संख्या ३ पुगेको छ । फोरजीका लागि निवेदन दिएको युटीएलले भने अनुमति पाएको छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved