जनकपुर–जयनगर रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2023 | 08:42:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको जनकपुर–जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म सञ्चालनमा आउने भएको छ । कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा रेल सेवा सञ्चालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

थप १७ किलोमिटर रेल सेवाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्नेछन् । महोत्तरीको भंगहा स्टेशनमा थप १७ किलोमिटर रेल सेवाको उद्घाटन हुनेछ ।

यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा सञ्चानल हुँदै आएको थियो । अब १७ किलोमिटर थपिएपछि महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटर रेल चल्नेछ ।

२ सेट रेल २०७८ चैत १९ देखि सञ्चालनमा आएको थियो । सुरुमा एकपटक जनकपुरदेखि जयनगर जाने र आउने सेवा दिँदै आएकोक रेल गत वर्ष मंसिरदेखि २ वटै रेल दिनको दुईपटक आउने र जाने गरिरहेका छन् । 

सोमबारदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल ३ पटक आउने र जाने गर्नेछन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved