स्काई वाक टावरमाथि बालेनले थाले छानबिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2023 | 12:47:33 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको कमलादीमा निर्माण भएको स्काई वाक टावरमाथि काठमाडौँ महानगरपालिकाले छानबिन सुरु गरेको छ । कमलादीमा सञ्चालनमा आएको ७८.५ मिटर अग्लो स्काई वाक टावरबारे महानगरपालिकाले प्राविधिकदेखि सबै पक्षको अध्ययन सुरु गरेको हो । 

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार टावर निर्माण तथा सञ्चालनमा महानगरमा पूरा गर्नुपर्ने कानूनी प्रक्रिया पूरा भए नभएको, पार्किङ क्षेत्र र त्यसको शुल्क तथा गुणस्तरको समेत अनुसन्धान थालिएको छ । टावर चढ्ने ग्राहकबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लिने गरिएकोमा समेत महँगो भएको भन्दै सर्वसाधारणबाट आलोचना भइरहेको छ, महानगरले यस सम्बन्धमा पनि अध्ययन सुरू गरेको छ । 

महानगरले टावर सञ्चालक कम्पनीसँग विवरण माग गर्न लागेको छ । 

स्काई वाक टावर वन्डर्स ग्रुप प्रा.लि.ले सञ्चालनमा ल्याएको हो । यो टावर दक्षिण एसियाकै अग्लो स्काई वाक टावर रहेको दाबी गरिएकोमा महानगरले दक्षिण एसियाकै अग्लो भनिएको टावरमा प्रयोग भएका सामान तथा यन्त्र उपकरणहरु सोही स्तरको गुणस्तरीय भए नभएको प्रमाण खोजिएको जनाइएको छ । 

यो टावर सहितको परियोजना १३ रोपनी २ आना क्षेत्रफलमा फैलिएको छ । यो परियोजनाको लागत करिब २ अर्ब रूपैयाँ रहेको बताइएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved