सिद्धार्थ प्रिमियरको २ लाख ८७ हजार कित्ता शेयर लिलाममा, शेयर पर्नेलाई ११ प्रतिशत लाभांश पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 12:32:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले माघ २२ गतेदेखि संस्थापक समुहको शेयर लिलामी गरिरहेको छ  । कम्पनीले  संस्थापक समूहको २ लाख ८७ हजार ५ सय कित्ता शेयर लिलाममा ल्याएको हो  । 

यस लिलामीको शेयरमा २०८० फागुन ३ गतेसम्म आवेदन गर्न सकिने छ  । कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको ११ प्रतिशत नगद लाभांश समेत बाँडफाँडमा शेयर पर्न सफल आवेदकहरुले प्राप्त गर्ने छन् । शेयर लिलाम प्रक्रियाको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ। 

 कम्पनीले यी शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु.२२०÷– (दुई सय बीस रुपैंया मात्र) कायम गरेको छ ।  विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलकबोल विधि मार्फत आवेदन गर्न सक्ने छन्। उक्त शेयर खरिद गर्नको लागि कार्यालय समयभित्र बिक्री प्रबन्धक  एनआईसी एशिया क्यापिटलको थापाथली स्थित कार्यालयमा पुग्ने गरि गोप्य शिलबन्दी बोलपत्र आवेदन गर्न सकिने छ । 

अधिकांश बैंक तथा वित्तीय संस्थाहरुबाट पछिल्लो केही महिना देखी व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ताहरुलाई प्रदान गर्ने ब्याजदर घट्दो क्रममा रहेको देखिएकाले राम्रा कम्पनीहरुको संस्थापक शेयर खरिद गर्दा भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्ने अवसर हुनसक्छ ।

बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग दामोदर रायमाझीले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेका ११ प्रतिशत (कर सहित) नगद लाभांश बोलकबोलमा शेयर पर्न सफल आवेदनहरुले प्राप्त गर्ने जानकारी दिए । 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमाससम्म रु.३६ करोड ९ लाख नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले रु.१६ करोड ६० लाख मात्र नाफा आर्जन गरेको थियो । कम्पनीले गत आर्थिक वर्षको तुलनमा ११७.३४ प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको देखिन्छ । दोश्रो त्रेमाससम्म कम्पनीको संचित जगेड कोषमा रु.७६ करोड भन्दा बढी रकम रहेको छ भने अन्य इक्वीटीमा रु.१ अर्ब १६ करोड भन्दा बढी रकम रहेको छ । समिक्षा अवधिमा कम्पनीले रु.१ अर्ब ५० करोड भन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएको देखिन्छ जुन गत वर्षको तुलनमा ८६ प्रतिशतको बृद्धि हो ।

कम्पनीले समिक्ष अवधिमा रु.७९ करोड २५ लाख बराबरको खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु.३० करोड १ लाख मात्र खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्ष अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जनमा १६४ प्रतिशतले बृद्धि गर्न सफल भएको देखिन्छ । समग्रमा कम्पनीको वित्तीय परिसूचक राम्रो रहेको देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ को दोश्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रु.२५.७२ रहेको छ भने प्रतिशेय नेववर्थ २६४.३६ रहेको छ। 

क्यापिटलका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर खरिदको लागि न्युनतम रु.२२०÷– मात्र रहेको तथा कम्पनी पछिल्लो प्रकाशित वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ नै रु.२६४.३६ रहेको तथा कम्पनीको पब्लिक शेयर दोश्रो बजारमा प्रतिशेयर रु.७०० भन्दा बढीमा करोबार भइरहेको हुँदा व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुको लागि लगानीको लागि उपयुक्त बिकल्प हुन सक्ने देखिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved