घलेम्दी हाइड्रोले लिलामीमा ल्याएको शेयर बाँडफाँड, पैसा फिर्ता कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 08:47:50 AM मा प्रकाशित

laxmi  sunrise bank

घलेम्दी हाइड्रोपावर लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले लिलामीमा ल्याएको ३२ लाख १७ हजार ७ सय १४ कित्ता अवितरित हकप्रद शेयरहरु कम्पनीको संचालक समितिको फागुन २ गतेको बैठकको निर्णय अनुसार बाँडफाँड भएको हो ।

बाँडफाँडमा नपरेका आवेदकहरुको शेयर वापतको रकम फिर्ता भुक्तानी मिति २०८० फागुन ६ गते आइतबारदेखि आवेदन फाराममा उल्लेख गरेको बैंक / वित्तीय संस्थाको खातामा IPS मार्फत रकमान्तर गरिने  कम्पनीले जनाएको छ । साथै, बाँडफाँडको अन्तिम मूल्य (Cut-off Price) रु. १५१.३५ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले प्रष्ट पारेको छ।

कम्पनीले ति शेयरहरु माघ९ देखि माघ २३ गतेसम्म लिलाम गरेको थियो । सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु  माघ २७ गतेका दिन खोलि फागुन २ गते निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले शेयर बाँडफाँड गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved