अझै पैसा फिर्ता नपाएकालाई बुधबारदेखि चेक दिँदै अपर तामाकोशी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2024 | 08:37:28 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले लिलामीमा  शेयर नपरेका र पैसा फिर्ता पाउन बाँकि रहेका लगानीकर्तालाई फागुन १६ गते बुधबारदेखि पैसा फिर्ता गर्ने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटललेअब चेक मार्फत भुक्तानी लिन आउँन लगानीकर्तालाई आग्रह गरेको हो । 

क्यापिटलका अनुसार लगानीकर्ताले आवेदन फाराममा उल्लेख गरेको बैंक / वित्तीय संस्थामा रहेको लगानीकर्ताको खातामा IPS मार्फत पैसा रकमान्तर गरिसकिएको छ । लगानीकर्ताले उपलब्ध गराएको बैंक खाता नम्बर र बैंकमा रहेको खाता विवरण नमिलेकाहरुको हकमामात्र पैसा फिर्ता गर्न बाँकि रहेको क्यापिटलले जनाएको छ।

यस्ता लगानीकर्तालाई उपत्यका भित्र नागरिक लगानी कोषमा बुझाएकाहरुको हकमा नागरिक लगानी कोष, नयाँ बानेश्वरबाट तथा लक्ष्मी सनराईज क्यापिटल लि. मा बुझाएकाहरुको हकमा लक्ष्मी सनराईज क्यापिटल लि. कमलपोखरी, काठमाडौंबाट चेक बुझिलिन क्यापिटलले अनुरोध गरेको छ। साथै उपत्यका बाहिर दरखास्त बुझाएकाहरुको हकमा एल एस क्यापिटलको फोन नं. ०१-५९७००६४ मा सम्पर्क गरी आफ्नो बैंक / खाता नम्बर लगायत विवरणहरु अध्यावधिक गराएपश्चात् पुनः IPS मार्फत फिर्ता भुक्तानी गरिने जानकारी क्यापिटलले दिएको छ। 

  बाँडफाँडको अन्तिम मूल्य (Cut-off Price) रु. १४७ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले प्रष्ट पारेको छ।

कम्पनीले लिलामीमा ल्याएको  १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता अवितरित हकप्रद शेयरहरु कम्पनीको संचालक समितिको माघ १७ गतेको बैठकको निर्णय अनुसार बाँडफाँड भएको हो ।

कम्पनीले ति शेयरहरुले २०८०/०९/१३ गतेका दिन देखि २०८० /०९/२९ गते सम्म लिलाम गरेको थियो । सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु २०८० माघ ५, ६ र ७ गतेका दिन खोलि २०८० माघ १७ गते निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले शेयर बाँडफाँड गरेको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved