फोर्स ब्राण्डको गाडी किन्दा माछापुच्छ्रेले ७५% कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2020 | 06:39:52 PM मा प्रकाशित

laxmi  sunrise bank

फोर्स मोटर्सको गाडी किन्दा माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited   ले कर्जा दिने भएको छ । बैंक र फोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलबीच बिहीबार यस विषयमा सम्झौता भएको हो । 

सम्झौतामा कम्पनीका अध्यक्ष ध्रुव बहादुर थापा र बैंकका गण्डकी प्रदेश प्रमुख दीनेश दवाडीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार फोर्सको गाडी किन्दा बैंकले मूल्यको ७५ प्रतिशतसम्म कर्जा उपलब्ध गर्ने छ । 

यसरी बैंकसंग गरीएको सम्झौताले ग्राहकलाई थप सुविधा उपलब्ध हुने कम्पनीका अध्यक्ष ध्रुव थापाले बताए ।

कम्पनीले विगत ६ वर्षदेखि नेपालमाफोर्स मोटर्सका गाडीहरु बिक्रीवितरण गरिरहेको छ । काठमाडौं, हेटौंडा, पोखरा र इटहरिमा आयामको आफ्नै शोरुम छन् भने नेपालका विभिन्न शहरमा डिलर नेटवर्क विस्तार गरी फोर्सका गाडी बिक्री वितरण भइरहेको जनाइएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved