टिभीएसले भित्र्यायो आरटीएफआई स्कुटर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2021 | 04:39:57 PM मा प्रकाशित

laxmi  sunrise bank

टु ह्वीलर र थ्री ह्वीलर निर्माता टिभीएस मोटर कम्पनीले बीएसभीआई टिभिएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल ईन्जेक्शन नेपालमा ल्याएकोे छ । 

कम्पनीले बीएसभीआई एफआई प्लेटफार्मको आरटीएफआई (रेस ट्युन्ड फ्युल इन्जेक्सन) र ईएफआई (इकोट्रस्ट फ्युल इन्जेक्सन) विकसित गरेको हो ।

आरटीएफआई टेक्नोलोजी विशेष रूपमा सबै ड्राइभिंग सर्तहरूमा एक रमाइलो रेसिंग अनुभवहरुको सुनिश्चित गर्नका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । टिभीएस एनटर्क नेपालकै सर्बाधिक बिक्रि हुने १२५ सिसि प्रिमियम स्कुटरको रुपमा स्थापित भएको छ ।

बीएसभीआई एडिसनले राम्रो प्रदर्शन र एक स्मुथ सवारी अनुभवको साथ यसलाई पुनः परिभाषित गर्ने कम्पनीको विश्वास छ । नयाँ एडिसनले स्कूटरको लागि ५.८ लिटरको फ्युल ट्यांक प्रदान गर्दछ ।

अन्तर्राष्ट्रिय बिजिनेश, टिभीएस मोटर कम्पनीका अध्यक्ष आर दिलीपले भने, “टिभिएस एनटर्क १२५ ले जेनेरेशन जेडको लागि रोचक, शक्तिशाली, जोडिएको अनुभव सिर्जना गरेर नेपालमा स्कूटर उपभोक्ताहरूको अपेक्षालाई नयाँ परिभाषा दिएको छ । यो नेपालमा सबैभन्दा धेरै मन पराइएको र स्वीकृत स्कूटर ब्रान्डको रूपमा चिनिएको छ ।  बिएसभिआईमा ट्रानजिसनको साथ, हामीले यस अवसरमा दुई एफआई टेक्नोलोजी प्लेटफार्महरू परिचय गराउने अवसर लिएका छौं। टिभिएस एनटर्क १२५ एक मात्र यस्तो स्कूटर हो जुन आरटीएफआई प्लेटफर्मको साथ सुसज्जित रहेको छ। उत्कृष्ट प्रदर्शन र राम्रो वास्तविक थ्रोटलको पनि यसमा उपलब्ध छ । प्रमुख रुपमा रहेको सवारी अनुभव, जुन स्कूटरको रेसिंग विरासतको प्रमाण हो,यसले हाम्रा युवा ग्राहकहरूलाई बजारमा उत्साहित पार्नेछ।”

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved