नयाँ फोर्ड फिगो सार्वजनिक, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2021 | 06:42:10 PM मा प्रकाशित

laxmi  sunrise bank

फोर्ड नेपालले ६ स्पीड अटोमेटिक गियरबक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फिगो २०२१ सार्वजनिक गरेको छ । यसले ९६ शक्ति उत्सर्जन गर्ने दाबी गरिएको छ । 

टाइटेनियम र टाइटेनियम प्लस मोडलको फिगोको मूल्य क्रमशः ३३ लाख ९९ हजार र ३६ लाख ९९ हजार रहेको छ । फोर्ड फिगो ए एम टी जस्ता लुकलाइक अटोमेटिक मन नपराउनेहरुका लागि स्वचालित विकल्पका साथ उपलब्ध रहेको बताईएको छ । 

नयाँ फिगो एटी स्पोर्ट मोड र सेलेक्टशिफ्ट फिचरका साथ उत्कृष्ट प्रदर्शनी, शोधन र सञ्चालनहरुको संयोजनबाट सुसज्जित रहेको दाबी कम्पनीको छ । यो नयाँ स्पोर्ट मोडल र सेलेक्टशफ्ट फिचरमा उपलब्ध छ ।

नयाँ फिगो अधिक सुरक्षा सुविधा र ६ एयरब्याग, ट्र्याक नियन्त्रण प्रणाली (टीसीएस) र हिल प्रक्षेपण सुविधा(एचएलए) का साथ उपलब्ध छ । १ लाख किलोमिटर, ३ वर्षे वारेन्टी र न्यून मेन्टेनेन्स खर्चका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

वर्षा सेन्सर वाइपर, अधिक सुविधाका लागि इलेक्ट्रोक्रोमिक आइआरभीएम, उत्कृष्ट सुविधाका लागि ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट प्रणली र साइड कर्टेन एयरब्याग, स्टान्डर्ड डबल फ्रन्ट एयर ब्याग, ट्र्याक नियन्त्रक प्रणाली, विद्युतीय स्थीरता नियन्त्रक र उच्च सुरक्षाका लागि अति उत्कृष्ट सेफ्टी सुविधा रहेको बताईएको छ ।

यो गाडी डाइमन ह्वाईट, रुबी रेड, मूनडस्ट सिल्वर स्मोकी ग्रे तथा ह्वाईट गोल्ड कलरहरुमा उपलब्ध रहेको जीओ अटोमोबाइल प्रालिले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved