एमएडब्लु लाइफले सुरु गर्यो ‘जिप एक्सचेन्ज इभेन्ट’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2022 | 03:24:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पुरानो गाडीलाई एक्सचेन्ज गरेर २०२२ जिप कम्पास खरिद गर्न चाहने ग्राहकका लागि आजबाट देशव्यापी रुपमा जिप एक्सचेन्ज इभेन्ट, ‘अपग्रेड योर एड्भेन्चर’ सुरु गरेको छ । 

यो एक्सचेन्ज इभेन्टमा ग्राहकले आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडीको बजारमा सबैभन्दा उच्च मूल्य पाउनुका साथै स्पट फाइनान्सिङको सुविधा पाउनेछन् । साथै, ग्राहकले एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स, एक वर्षका लागि निःशुल्क सडक कर र एसेसोरिज पाउनेछन् । 

यसबीच, एमएडब्लु लाइफले २०२२ कम्पासका सबै मोडेल अधिकतम ७० प्रतिशत फाइनान्सिङ र १२ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ । जिपले मात्र २४ घन्टामा लोन स्विकृत गरी ग्राहकलाई जिप डेलिभरी गर्ने व्यवस्था पनि मिलाएको छ । 

ग्राहकले जिप एक्सचेन्जबारे विस्तृत जानकारी https://jeep.com.np/exchange-with-jeep/  मा लगइन गरेर पाउन सक्नेछन् । 

यसै वर्षको सुरुमा जिपको नयाँ कम्पास सार्वजनिक गरिएपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जिपको विक्री उल्लेखनीय रुपमा बढेको छ । यो आर्थिक वर्षको मध्यसम्म आइपुग्दा जिपले यो सकारात्मक गतिलाई कायमै राखेको छ।

जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडेल एस गरी चार ट्रिममा उपलब्ध छ जसको मूल्य ८७ लाख ९० हजारदेखि एक करोड ३९ लाख ९० हजार रुपैयाँसम्म छ।

नयाँ कम्पास १।४ लिटरको पेट्रोल र २।० लिटरको डिजेल इन्जिनमा उपलब्ध छ । पेट्रोल इन्जिनले १६३ एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्छ भने डिजेल इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । जिपको लेजेन्डरी ४ बाई ४ सिस्टम भने डिजेल भेरियन्टमा उपलब्ध छ जसमा अटो, स्नो, स्यान्ड र मड गरी चार मोड उपलब्ध छ।

एमएडब्लुले लाइफले नेपाल बजारमा कम्पासबाहेक ¥यांग्लर, ¥यांगलर अनलिमिटेड, ग्रान्ड चेरोकी र ग्लेडियटर उपलब्ध गराउँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved