यामाहाले ल्यायो 'पावर अफ फाइभ' योजना, खरीदपूर्व नै नगद, क्यासब्याक र आईफोन जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2023 | 09:37:47 AM मा प्रकाशित

laxmi  sunrise bank

 नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले 'पावर अफ फाइभ' योजना  ल्याएको छ । योजना अन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने जनाएको छ ।

कम्पनीका अनुसार खरिद गरेपछि फेरी वाइल्ड कार्ड मार्फत रु १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने छन् । खरिद गरे पश्चात् पनि ३ जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा आईफोन १४ वा एप्पल वाच वा एप्पल एयर पोड जित्ने मौका पाउनेछन्। यो योजना R15 , MT15 र Fascino मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागु हुनेछ ।

यामाहा नेपालले यो योजना अन्तर्गत पाँचवटा अफर ल्याएको हो । कम्पनीले भनेको छ ' पहिलो योजना अन्तर्गत, जो कोहीले पनि घरमै बसी बसी yamahapowerof5.com मा गएर वा QR कोड स्क्यान गरेर यो योजनामा सहभागी हुन सक्नेछन्। सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन्। ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरेपछि वाइल्डकार्डमा सहभागी भएर रु. १ लाखसम्मको अर्को क्यासब्याक अफर जित्न सक्नेछन् । बाइक वा स्कुटरको खरिदमा ग्राहकहरूले एक पृथक रेफरल कोड पनि प्राप्त गर्नेछन् जुन वहाँहरूले iPhone 14 वा Apple Watch वा Apple AirPods जित्नका लागि सकेसम्म धेरै व्यक्तिहरूलाई शेयर गर्न सक्नेछन् ।'

साप्ताहिक विजेताहरूको घोषणा हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर R 15 , MT 15 र Fascino बाहेक सबै यामाहा बाइक र स्कुटरहरूमा लागू हुनेछ भने देशका सबै आधिकारिक शोरूमहरूमा यो उपलब्ध हुनेछ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved