टाटा मोर्टसले भारतीय बजारमा गर्यो ५ लाख नेक्सन विक्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2023 | 08:43:39 AM मा प्रकाशित

laxmi  sunrise bank

टाटा मोटरसले भारतीय बजारमा ५ लाख वटा नेक्सन विक्री गरेको छ कम्पनिले जनाएको छ  कम्पनीको पुनास्थित रंजनगाव म्यानुफ्याक्चरिंग युनिटमा निर्मित यस गाडी  सन् २०१७ बाट बजारमा ल्याइएको थियो।  साढे पाँच वर्षको छोटो अवधिमै  यसले उक्त  सफलता हासिल  गरेको हो । अझ उल्लेखनीय पक्ष भनेको  ५ लाख मध्ये   पछिका १  लाख केवल सात महिनामा विक्री भएको थियो ।  
हालका वर्षहरुमा नेक्सन कम्पनीको निरन्तर बजारले रुचाएको मोडेल रुपमा स्थापित भएको छ।  सन् २०२० मा  "फेसलिफ्ट"को आगमन पछि यसको वजार विस्तारले झन् तिब्र  ढंगले अगाडि बढेको पाइन्छ।  

 
नेक्सन  १२०० सय सिसिको रेभोट्रन  पेट्रोल  इन्जिन र १५०० सिसिको रेभोटर्क डिजेल इन्जिन उपल्क्ब्ध छ।  पहिलो प्रकारमा  १२० हर्सपावर एवं १७० एनएमको "पिक टर्क"को क्षमता छ भने  दोस्रो प्रकारमा  १२० हर्सपावरको शक्ति एवं १७० एनएमको "पिक टर्क"को क्षमता छ।  दुवैमा म्यानुएल ट्रान्समिसन स्ट्यानडर्डको रुपमा र  सिक्स स्पिड एटिएमको रुपमा रहेको छ।  

सर्वोत्कृष्ट  सुरक्षाको लागि नेक्सनले  ग्लोबल एनसीएपीद्वारा पाँच-तारे गाडीको मान्यता प्राप्त गरेको छ।   यस गाडीले बजारमा अग्रगति लिनुको पछाडी यो  एक प्रमुख कारण हो।  
नेक्सनको विद्धुतीय संस्करणले पनि बजारमा अग्रस्थानमा रहेको छ।  नेक्सन इभी हाल भारतको सबैभन्दा बढी विक्री भइरहेको विद्धुतीय गाडीको हो।        
टाटाले  यस वर्षको अन्त्यसम्म नेक्सनको  अझ परिष्कृत र परिमार्जित स्वरुप बजारमा ल्याउने योजना  रहेको बताइको छ ।    यो नँया स्वरुप अटो एक्पो २०२३ मा प्रदर्शन गरिएको "कर्भ अवधारणा"मा आधारित छ।  १२०० सिसिको टर्बो पेट्रोल इन्जिन भएको यो गाडीको शक्ति  १२५ हर्सपावर बराबर हुनेछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved