यामाहाको एरोक्स १५५ अल्टिमेट स्कुटर सार्वजनिक, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2023 | 12:55:59 PM मा प्रकाशित

laxmi  sunrise bank

यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरुवात गरेको छ । विशिष्ट र स्लीक एरोडायनामिक स्पोर्टी डिजाइनको साथ एरोक्स १५५ मा गति र शक्तिको सम्मिश्रण रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यामाहा एरोक्स १५५ मा  लिक्विड कूल्ड इन्जिन रहेको छ, जसले यसलाई १२० किमी प्रतिघन्टाको उच्च गति भएको नेपालको सबैभन्दा छिटो स्कूटर बनाउँछ ।  यसको १५५ सीसीको “R” DNA इन्जिनले 15 ps पावर दिन्छ, जसले राइडरहरूलाई गति र शक्तिको उचित सन्तुलन अनुभूति प्रदान गर्दछ ।

कम्पनीले भनेको छ 'अगाडिको एलईडी हेडलाइटहरूले रात्रि समयमा पनि उत्कृष्ट भिजिबिलिटि प्रदान गर्दछ भने पछाडिको टेल लाइटमा बाह्र कम्प्याक्ट एलईडीहरू छन् जसले बाइकको सौन्दर्यमा आधुनिकताको स्पर्श थप्दै थ्रीडीको आवरण दिन्छ । एरोक्स १५५ को ५.८ इन्च एलसीडी  इन्स्ट्रुमेन्ट स्क्रिनले स्पीडोमिटर, RPM, र VVA सूचकहरू प्रदर्शन गर्दछ जसले सवारहरूलाई सडकमा हुँदा महत्त्वपूर्ण जानकारी ट्र्याक गर्न सजिलो बनाउँछ । स्कूटरमा  Yamaha Y-Connect जडित छ जुन सवारको स्मार्टफोनमा सम्बन्धित एप मार्फत जडान गर्न सकिन्छ । यसले सवारहरूलाई मर्मतको समय, खराबीका सूचनाहरू, माइलेज, ब्याट्रीको स्तर र पार्किङ स्थानजस्ता कुराहरू ट्र्याक गर्न सहज बनाउँछ । '

कम्पनीका अनुसार स्पोर्टी डिजाइनको बावजुद यामाहा एरोक्स १५५ एकदमै फराकिलो छ र सिटमुनि २४.५ लिटरको स्टोरेज पनि उपलब्ध छ । 

यामाहा एरोक्स १५५ तीन फरक रंगहरूमा उपलब्ध छ: रेसिङ ब्लू, ग्रे वर्मिलियन, र मेटालिक ब्ल्याकको मूल्य रु. चार लाख चौहत्तर हजार नौ सय  रहेको छ । यसलाई ग्राहकहरुले यामाहाको आधिकारिक शोरूमहरूबाट किन्न र बुक गर्न सक्ने कम्पनीले जनाएको छ।  

विक्री प्रारम्भको अवसरमा  एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले भने, “एरोक्स १५५ नेपालको स्कुटर बजारमा नयाँ मोड हो । यसले नयाँ र अनुभवी राइडरहरु दुवैका लागि परफर्मेन्स, स्टाइल, राइडिङ एक्सपेरियनस लागि नयाँ स्ट्यान्डर्ड  स्थापित गरेको छ । यामाहा एरोक्स १५५ को शक्तिशाली इन्जिन, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका कारण नेपालका दुई पाङ्ग्रे सवारी साधन प्रेमीहरूले यसलाई राम्रोसँग स्वीकार गर्नेछन् भन्नेमा म विश्वस्त छु ।”


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved