बीवाइडीका विद्युतीय गाडीको नयाँ मूल्य सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2023 | 05:48:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बीवाइडीका विद्युतीय गाडीहरुको नयाँ मूल्य सार्वजनिक भएको छ । बजेटले करका दरमा गरेको हेरफेर अनुसार नेपाली बजारमा बीवाइडीका विद्युतीय कारको नयाँ मूल्य सार्वजनिक भएको हो । 

६०.४८ किलोवाट आवर क्षमताको ब्याट्री जडित १ सय किलोवाट क्षमताको बीवाइडी अट्टो ३ को मूल्य ६५ लाख ८८ हजार रुपैयाँ पुगेको छ । यसअघि उक्त कारको मूल्य ६४ लाख ९ हजार  थियो । 

४९.९२ किलोवाट आवरको ब्याट्री भएको १ सय वाट क्षमताकै अट्टो ३ को मूल्य ५५ लाख ९९ हजार तोकिएको छ ।

१५० किलोवाट क्षमताको बीवाइडी अट्टो ३ को मूल्य भने ८९ लाख ९ हजार रुपैयाँबाट घटेर ८१ लाख ९९ हजारमा झरेको छ । यो कारमा पनि ६०.४८ किलोवाट आवर क्षमताकै ब्याट्री छ ।

बीवाइडीका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा.ली. छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved