‘नाडा अटो शो’को स्टल बुकिङ शुक्रबारबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2023 | 05:01:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले आयोजना गर्ने ‘नाडा अटो शो–२०२३’को स्टल बुकिङ शुक्रबारबाट खुल्ने भएको छ । भदौ २६ गतेदेखि असोज २ गतेसम्म आयोजना हुने नाडा अटो शोकका लागि शुक्रबारबाट स्टल बुकिङ खुल्ने भएको हो । 

नाडाले साउन १ गतेसम्म स्टल बुकिङ गर्न सकिने जनाएको छ । गोला प्रथा माध्यममार्फत स्टल बाँडफाँड हुनेछ । 

२५ बढी ब्राण्डका चार पाङ्ग्रे र सोही संख्यामा दुई पाङ्ग्रे सवारीका ब्राण्डको सहभागीता रहने अनुमान गरिएको छ । 

गत वर्ष नाडाले पहिलो पटक इभी अटो शो आयोजना गरेको थियो । यसपाली भने सन् २०१९ पछि पहिलो पटक पूर्ण क्षमताको नाडा अटो शो आयोजना हुन लागेको हो । गत वर्ष गाडी तथा बाइकको आयातमा प्रतिबन्ध लागेका कारण इलेक्टिङक सवारीको प्रदर्शनी गरिएको थियो ।

नाडाले दशैँभन्दा ठिक अगाडी अटो शो आयोजना गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved