टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा आजबाट सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2023 | 04:41:34 PM मा प्रकाशित

laxmi  sunrise bank

टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आजबाट ललितपुरको भनीमन्डलस्थित बास्केटबल कोर्टमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गरेको छ ।

यस एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा २५ हजार रुपैयाँ सम्मको थप भ्यालुएसन पाउन सक्नुका साथै ब्याज बिना नै टिभिएस आईक्युब खरिद पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरि जम्मा १ लाख ७ हजार रुपैयाँको डाउनपेमेन्टमा नै टिभिएस आईक्युब खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ । साथै यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एक्सेसोरिज र फ्रि राइडको मजा पनि लिन सक्नेछन् ।

टिभिएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो । यो  एक्सचेन्ज एक्ट्राभगान्जा मङ्सिर २८ गते देखि पुस २ सम्म हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved