एमजी मोटर्सले भन्यो – एक्कासि विद्युतको तार सर्ट भएर गाडीमा आगलागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2024 | 11:02:38 PM मा प्रकाशित

laxmi  sunrise bank

एमजी मोटर्सको नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स विद्युतीय गाडीमा आगलागी भएकोबारे बोलेको छ। बिजपाटी लगायतका मिडियामा 'चार्ज गर्दा एमजीको जेडएस विद्युतीय गाडीमा आगो लाग्यो' भन्ने शिर्षकमा प्रकाशित समाचारबारे ध्यानाकर्षण भएको भन्दै पारामाउन्ट मोटर्सले बिद्युत सर्टको कारण गाडीमा आगलागी भएको दाबी गरेको छ। 

विद्युतको लाइन सर्ट भएका कारण गत ९ पुसमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ३ देउवाचोकमा एमजीको विद्युतीय गाडीमा आगलागी भएको पारामाउन्ट मोटर्सले बुधबार जारी गरेको बिज्ञप्तीमा उल्लेख छ। 

उसले भनेको छ, "‘घरबाट पर खुला स्थानमा पार्किङ गरी साँझ ६ बजेदेखि चार्जमा राखेको अवस्थामा बिहान १ बजेर १५ मिनेटमा विद्युतको तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।"

घटनाको जानकारी हुनेवित्तिकै कम्पनीका प्राविधिक कर्मचारीसहितको टोली पुगेर हेर्दा र स्थानीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट भएको सर्जिमिन मुचुल्का अनुसार लाइन सर्टकै कारण आगलागी भएको देखिएको कम्पनीको दाबि छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved