नेपाल एयरलायन्सको एउटा बाइडबडी जहाजको ब्याज खर्च मात्रै बार्षिक १ अर्ब २६ करोड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 21, 2018 | 03:02:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषले नेपाल एयरलायन्सले लिएको ऋणको ब्याजदर पुनरावलोकन गरेको छ। एयरलायन्सले उडान सुरुगरेपछी परिमार्जन गर्ने सम्झौता अनुसार कोषले यस अघि ९ प्रतिशतमा सहमति भएको ब्याजको दर साढे दश प्रतिशत पुर्याएको हो। 

सम्झौता अनुसार एयरलायन्सले व्यवसायिक उडानपछि वार्षिक १०.५० प्रतिशतका दरले त्रैमासिक रुपमा व्याज भुक्तानी गर्नुपर्नेछ। अर्थात पुनरावलोकन गरिएको ब्याजदर अनुसार एयरलायन्सले कोषलाई ब्याज मात्रै २ अर्ब ५२ करोड तिर्नुपर्ने छ। यस आधारले एउटा एयरलायन्सको एउटा वाइडबडी जहाजले ब्याजमात्रै वर्षमा १ अर्ब २६ करोड रुपैयाँ तिर्नुपर्ने छ।  

एयरलायन्सले २ जहाज किन्न नागरिक लगानी कोष र सञ्चय कोषसँग समान १२-१२ अर्ब ऋण लिएको थियो। १५ बर्षका लागि भनेर कोषले ऋण उपलब्ध गराएको हो। कोषका मुख कार्यकारी अधिकृत शुशिलकुमार अर्यालका अनुसार ऋणको समयअवधि बढाउन सकिनेछ। 

दुई संस्थासंग २४ अर्ब ऋण लिएर ल्याइएका जहाज गन्तब्य अभाबमा पर्याप्त उडान भर्न सकेका छैनन। सम्बन्धित देशको मापदण्ड पुरा गर्न नसककेको लागायतका कारणले नेपाल एयरलायन्सले नयाँ गन्तब्य पाउन सकिरहेको छैन।

अन्तर्राष्ट्रिय उडानका लागि दुई ३२० न्याराेबडी दुइ ए ३३० र एउटा बाेइङ रहेकाे एयरलाइन्सले भारतकाे नयाँ दिल्ली, मुम्मबई, बैंगलाेर, मलेसियाकाे क्वालालम्पुर, कतारकाे दाेहा, दुबई, हङकङ र बै‌ंककमा उडान भर्दै आएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved