प्राधिकरण टुक्र्याउने विषयमा कर्मचारीको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2019 | 06:17:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले प्राधिकरण टुक्र्याउने विषयमा आपत्ति जनाएका छन् । गैह्र–सैनिक हवाई उडान ऐन २०१५ तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ विपरित प्राधिकरणलाई टुक्र्याउन लागिएको भन्दै आधिकारिक कर्मचारी ट्रेड युनियनले आपत्ति जनाएको हो । 

अखण्ड प्राधिकरण नै देश र कर्मचारीका लागि हितकार हुने भन्दै युनियनले युरोपियन युनियनको सुरक्षा सूचीको हवाला दिँदै प्राधिकरण टुक्र्याउन लागिएको भन्दै आपत्ति जनाएको छ । यूनियनका घोषित कार्यक्रममा नेपालमा सञ्चालित सबै विमानस्थलको सेवा ठप्प पार्ने चेतावनी समेत दिईएको छ । हस्ताक्षर संकलन अभियान, कालोपट्टी बाँध्ने, पेन डाउन गर्ने, आमरण तथा रिले अनसन बस्ने, प्रधान कार्यालयमा तालाबन्दी, वाषिर्कोत्सव कार्यक्रम बहिष्कार र सम्पूर्ण विमानस्थलको सेवा ठप्प पार्नेसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।

यूनियनका अध्यक्ष श्रवणकुमार यादवले निर्माणाधीन भैरहवा र निजगढ विमानस्थलको निजीकरण गर्ने खेलअनुसार प्राधिकरण टुक्राउन लागिएको आरोप लगाए ।

सन् २०११ देखि नै उड्डयन क्षेत्रको नियामक निकाय र सञ्चालक निकाय छुट्टा छुट्टै हुनुपर्छ भन्ने बहस सुरु भएको थियो । तर हाल मात्रै प्राधिकरणलाई नियामक र सञ्चालक गरी दुई निकायमा बिभाजन गर्ने भन्दै प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेको छ । प्राधिकरणले नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र हवाई प्राधिकरणलाई सञ्चालक निकायको रुपमा प्रस्ताव गर्दै मस्यौदा पठाएको छ । 

युरोपियन युनियनले नियामक र सञ्चालक एउटै निकाय हुन नहुने अन्तराष्ट्रिय प्रावधान पछ्याउन प्राधिकरणलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved