जहाज नपुग्ने विमानस्थलमा पनि कर्मचारी दरबन्दी (सूचीसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 17, 2020 | 01:45:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा हाल आन्तरिक विमानस्थल कुल ५४ वटा छन् । विभिन्न जिल्लामा रहेका यी विमानस्थलमध्ये हाल ३२ वटा मात्रै ‘अपरेशन’मा छन् । बाँकी २२ आन्तरिक विमानस्थल पूर्ण रुपमा बन्द छन् ।

विमानस्थल बन्द रहेपनि कर्मचारीको दरबन्दी भने यथावत छ । आकस्मिक अवतरण हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘अपरेशन’मा नरहेका २२ मध्ये ८ विमानस्थलमा कर्मचारी दरबन्दी यथावत राखेको छ । 

सञ्चालनमा नरहेका तर कर्मचारीको दरबन्दी भएका विमानस्थलमा वागलुङ बलेवा विमानस्थल, बझाङ विमानस्थल, दार्चुला (गोकुलेश्वर) विमानस्थल र डोटी विमानस्थल छन् ।

काङ्गेलडाँडा विमानस्थल, महेन्द्रनगर विमानस्थल, मनाङ विमानस्थल र टिकापूर विमानस्थल कैलालीमा पनि कर्मचारी दरबन्दी कायमै छ । बाँकी विमानस्थलमा भने दरबन्दी छैन । 

कर्मचारी दरबन्दी कायम रहेका विमानस्थलमा सुरक्षा गार्ड बाहेकका कर्मचारी स्थायी हुन् । सुरक्षा गार्ड भने एजेन्सी मार्फत ल्याईएका हुन् । 


यसअघिः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved