लकडाउन अवधिको लागि प्लेन टिकट काट्नु भएको थियो ? यस्ता छन् अब २ विकल्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2020 | 02:08:45 PM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउन सुरु हुनु अगावै आन्तकरि यात्राको लागि काटिएका हवाई टिकटको पूरै पैसा फिर्ता हुने भएको छ । चैत्र १० गतेदेखि चैत्र २५ गतेसम्मको उडानका लागि काटिएका टिकटको पूरै पैसा फिर्ता हुने आन्तरिक हवाई व्यवसायीहरुले जनाएका छन् । 

कुन एयरलाइन्सले कहिले दिन्छन् पैसा फिर्ता ?

आन्तरिक हवाईसेवा प्रदायक कम्पनीहरुले लकडाउन अवधिको लागि काटिएका टिकटको पूरै पैसा फिर्ता गर्ने जनाएपनि कम्पनी नै पिच्छे फरक फरक मितिबाट पैसा फिर्ता सुरु हुनेछ । 

केही गन्तव्यमा अन्तराष्ट्रिय उडानसमेत भर्दै आएको बुद्ध एयरले चैत्र २६ पछि पैसा फिर्ता हुने बताएको छ । जुन ट्राभल एजेन्सीबाट टिकट काटिएको हो त्यहीबाट वा बुद्ध एयरको कार्यालयबाट पूरै पैसा फिर्ता दिईने कम्पनीले जनाएको छ । 

यति एयरलाइन्सले पनि पुरै पैसा फिर्ता दिने अथावा टिकट खरिद गरेका यात्रुले अर्को मितिमा यात्रा गर्न चाहे टिकटको पुर्नतालिकीकरण गर्न सकिने जनाएको छ । पैसा नै फिर्ता चाहाने यात्रुले भने चैत्र २६ पछ टिकट काटेको ट्राभल कम्पनी/एजेन्सी वा एयरलाइन्सकै कार्यालयमार्फत पैसा फिर्ता पाउने कम्पनीले जनाएको छ । 

अन्य हवाईसेवा प्रदायक कम्पनीहरुले पनि पूरै पैसा फिर्ता र टिकटको पुर्नतालिकीकरणको सुविधा ल्याउने बताएका छन् ।

सुरुमा चैत्र १८ गतेसम्म लकडाउन तोकिएकोमा सरकारले चैत्र २५ गतेसम्म अवधि थप गरेको छ । अन्तराष्ट्रिय उडान भने बैशाख ३ गतेसम्म नै स्थगित हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved