सोमबार ५ उडानमार्फत ८७७ नेपालीको उद्दार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2020 | 09:25:52 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार ५ उडानमार्फत ८७७ जना नेपालीलाई काठमाडौँ ल्याईएको छ । लकडाउनका कारण विभिन्न देशमा अलपत्र उनीहरुलाई नेपाल एयरलाइन्स, हिमालय एयर र जजिरा एयरको जहाजमार्फत काठमाडौँ ल्याईएको हो ।

नेपाल एयरलाइन्सको जहाजमार्फत बहराइनबाट १४७ जनालाई काठमाडौँ ल्याईएको छ । हिमालय एयरको जहाजबाट कुवेतबाट १५४ जनाको उद्दार गरिएको छ । त्यस्तै नेपाल एयरलाइन्सकै जहाजमार्फत क्वालालम्पुरबाट १५५ जना, जजिरा एयरमार्फत कुवेतबाट १६२ जनालाई र नेपाल एयरलाइन्सको जहाजमार्फत दमामबाट २५९ जनालाई उद्दार गरी काठमाडौँ ल्याईएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । 

विमानस्थलका अनुसार मंगलबार ५ वटा उडानमार्फत नेपालीको उद्दार गरिँदैछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved