बिभिन्न देशबाट हुने नेपाल र हिमालय एयरलाइन्सको उडान तालिका सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2020 | 05:35:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले आईतबार रद्द भएको कुवेत–काठमाडौँ उडान आगामी भदौ १२ गते गर्ने भएको छ । विशेष कारणबश उद्धार उडान रद्द भएको भन्दै टिकट खरिद गरेका यात्रुलाई भदौ १२ गते हुने उडानका लागि पुनः योग्य बनाउन आग्रह गरेको छ । 

निगमले मंगलबार एक सूचना प्रकाशन गदै भदौ १० गतेसम्म टिकटलाई पुनः योग्य बनाएर आप्ना प्रतिनिधि मार्फत निगमको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । सम्पर्कमा आएकाको उद्धार गर्ने र छुटेकालाई टिकट बापतको पुरै रकम फिर्ता गर्ने समेत जनाएको छ । सम्पर्कमा आएका यात्रुले नेपाल सरकारद्धारा निर्धारित नियम बमोजिम तोकिएको होटल बुकिङ गर्न समेत आग्रह गरेको छ । 

यसैगरी चिनियाँ तथा नेपालीको संयुक्त लगानीमा सञ्चालित निजी क्षेत्रको हिमालय एयरलाइन्सले पाचौँ चरणको उद्धार उडान तालिका सार्वजनिक गरेको छ । 

मंगलबार सार्वजनिक गरेको उडान तालिका अनुसार बुधबार देखि विभिन्न चार गन्तव्यमा उडान गर्ने छ । जसमा बुधबार साउदी अरेबियाको दमाममा एक उडान, मलेशियाको क्वालालम्पुरमा बिहीबार र शनिबार १÷१ उडान, युएईको अबुधाबीमा भदौ १४ र कतारको दोहामा १५ गते १÷१ चाटर्ड उडान गर्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved