भदौ १६ बाट यी विमानस्थलमा हुँदैछ उडान

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 27, 2020 | 12:04:11 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाइ उडान सञ्चालनको ‘मोडालिटी’बारे छलफल चलाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र आन्तरिक उडान भर्दै आएका विमान कम्पनीबीच पनि यसबारे छलफल भईरहेको बुझिएको छ । तोकिएको स्वास्थ्य प्रोटोकल पालना गरेर उडान खुलाउने भनिएपनि तत्कालका लागि कुन कुन गन्तव्यमा उडान सूचारु गर्ने भन्नेबारे प्राधिकरणले अन्तिम टुंगो लगाउने छ ।

पर्यटनमन्त्री योगेश भट्टराईले कोभिड–१९ संक्रमण कम भएका हिमाली तथा पहाडी जिल्लाका विमानस्थलबाट सेवा दिने तयारी भइरहेको बताएका छन् । मन्त्रीको भनाईको आशय देशैभर जसो निषेधाज्ञा भएका कारण तत्काल सबै गन्तव्यका उडान खुलाउन नसकिने तर केही हिमाली तथा पहाडी जिल्लामा भने उडान सुरु गर्ने मनस्थितीमा मन्त्रालय छ ।

यी हुन् सम्भावित विमानस्थल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा प्रदायक संघसँग छलफल गरेर विमानस्थलको टुंगो लगाउने र टुंगो लगाईएका विमानस्थलबाट उडान सूचारु गर्ने निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने छ । प्राधिकरणका प्रवक्तासमेत रहेका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार हालसम्म कुन कुन विमानस्थलबाट उडान सूचारु गर्ने भन्ने निर्णय भने भइसकेको छैन ।

पर्यटन मन्त्रालयमार्फत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा प्रस्ताव जाने र त्यहाँबाट निर्णय भएर पर्यटन मन्त्रालयमार्फत नै नागरिक उड्डयन प्राधिकरणमा निर्णय आउने छ । 

‘पहाडी क्षेत्रका विमानस्थल केही केही खुल्छन्’ प्रवक्ता क्षेत्रीले भने, ‘दुर्गमका विमानस्थलमा सेवा खुलाउने भनेर छलफल भईरहेको छ, संक्रमणको दर कम भएका जिल्लाका एयरपोर्ट आंशिक रुपमा भएपनि खुल्छन् ।’ 

विशेष स्रोतका अनुसार काठमाडौँबाट हिमाली र पहाडी भेगका विमानस्थलमा उडान हुनेछन् । पोखरा, सुर्खेत, मुगु, लुक्ला र रामेछाप विमानस्थलमा नियमित उडान सूचारु गर्नेगरी छलफल चलेको छ । यी बाहेक डोल्पा, जुम्ला र हुम्लामा भने आवश्यकता अनुसार उडान गरिनेछ । 

चाडवाड लक्षित उडान खोलिने

चाडवाड नजिकिएसँगै सरकारले चाडवाड लक्षित हवाइ उडान सुरु गर्न लागेको हो । दशैँ तिहार जस्ता चाडलाई ध्यानमा राखेर आवतजावतमा समस्या नहोस् भनेर उडान खोल्ने तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।

चाडवाडमा यात्रा गर्न नागरिकलाई असहज नहोस् भनेर सरकार सचेत रहेको मन्त्री भट्टराईले बताएका छन् । भदौ १६ गतेबाट उडान खोल्ने निर्णय यसअघि नै भइसकेको छ । सोही अनुसार प्राधिकरण तयारीमा जुटेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved