उडान संख्या नै नपुगेको थाइ एयरले कसरी पायो ‘ग्राउण्ड ह्याण्डलिङ’ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2020 | 04:08:52 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको सुविधा दिने नागरिक उड्डयन प्राधिकरणको निर्णयपछि अरु एयरलाइन्सको यो सुविधामाथि प्रश्न उठेको छ । वर्षौदेखी ग्राउण्ड ह्याण्डलिङ सेवा उपभोग गरिरहेको थाइ एयरले सरकारले तोकेको मापदण्ड पूरा गरेको छैन । सरकारले सातामा ३५ उडान गर्ने एयरलाइन्स कम्पनीलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा दिने भनेपनि थाइले जम्मा ७ उडान मात्रै गर्दै आएको छ ।

कोरोना भाइरसका कारण मूलुक लकडाउन हुनुपूर्व थाइले काठमाडौँ विमानस्थलबाट दैनिक १ उडान मात्रै गर्दै आएको थियो । थाइले हरेक दिन बैंकक–काठमाडौँ–बैंकक उडान गर्दै आएको थाइ एयरकी एक अधिकारीले जानकारी दिईन् । उनका अनुसार प्राधिकरणले तोकेका अरु सबै मापदण्ड पुग्ने र उडान संख्या भने नपुग्ने स्वीकार गरेकी छिन् ।

‘हाम्रो अरु सबै मापदण्ड पुग्छ, हामीसँग दक्ष जनशक्ति पनि छ, इकुप्मेन्ट पनि पर्याप्त छ’ उनले भनिन्, ‘हामी हाम्रा स्टाफलाई बेलाबेला तालिम पनि दिँदै आएका छौँ, हामीसँग अनुभव पनि छ । तर, उडान संख्या भने हाम्रो हप्तामा ७ वटा मात्रै हो ।’

बीमाको कुरा भने नयाँ भएकाले यसलाई आफूहरुले ‘डिपोजिट’ का रुपमा बुझेको उनको भनाई छ । उडान ढिलो हुने, अरु सेवा सुविधा कमजोर हुने जस्ता समस्या भने नरहेको थाइ एयरले दाबी गरेको छ । 

लकडाउन सुरु भएपछि थाइ एयरले चार्टड उडान पनि गरेको छैन । नियमित समयमा पनि थाइ एयर उडान संख्याको आधारमा औसत मात्रै यात्रु बोक्ने विमान कम्पनी मध्येमा पर्छ । नेपालबाट बैंकक घुम्न जाने सरकारी उच्च अधिकारी र ठूला व्यापारीलाई बोक्ने यो एयरलाइन्स उताबाट फर्किदा भने प्रायः रित्तै आउने गरेको विमानस्थल स्रोतले बताएको छ ।

थाइसँगै उडान नै नरहेको इन्डियन एयरलाइन्सले पनि काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा पाईरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले भने नेपालको विमानस्थल अपरेशनमा आएदेखि नै उडान भरेको हुनाले इन्डियन एयरले पहिल्यै पाएको र थाइले केही समय पछि पाएको बताएको छ । अहिले कुनै सम्झौता नरहेपनि प्राधिकरणले ‘पूरानै हो’ भनेर हरेक वर्ष नविकरण गर्दिदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved