संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले शनिबार आज एकैदिन ३ विमानस्थलको उद्घाटन गर्दैछन् । मन्त्री भट्टराईले लामो समयदेखि उडान हुन नसकेका सुदूर पश्चिम प्रदेशमा ३ विमानस्थलको स्तरोन्नपत पछि उद्घाटन गर्न लागेका हुन् ।
डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमानस्थलमा जहाज उडाएर उद्घाटन गर्न लागिएको हो । यी तीन वटै विमानस्थल कालोपत्रेसहित स्तरोन्नति गरिएको छ । नागरिक उड्यन प्राधिकरणका अनुसार सुरुमा बैतडीको पाटन विमानस्थलको उद्घाटन हुनेछ । पाटनपछि चैनपुर र दिपायल विमानस्थलको उद्घाटन गरिने छ ।