निजगढ विमानस्थलको डिपीआर बनाउने जिम्मा नेपाल–भारत संयुक्त कम्पनीलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2020 | 03:29:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बाराको निजगढमा निर्माण हुन लागेको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको गुरुयोजना (डिपीआर) बनाउने जिम्मा भारतीय कम्पनीले पाएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गुरुयोजना निर्माणको जिम्मा भारतीय र नेपालीकाे संयुक्त कम्पनी सिजी इन्फ्राटारविडिए जेभीलाई दिएको हो । 

प्राधिकरण अन्तरगतको राष्ट्रिय गौरवको आयोजना निर्देशनालयले सिजी इन्फ्राटारविडिए जेभीसँग दुई पक्षीय सम्झौता गरिसकेको छ । गुरुयोजना निर्माणका लागि प्राधिकरणले २९ करोड ८९ लाख ९० हजार ९ सय रुपैयाँ लागतमा १३ महिनाको समय दिएको निर्देशनालयका प्रमुख प्रदीप अधिकारीले जानकारी दिए । 

उनका अनुसार निर्माणस्थलमा रहेका रुख कटानीको विषय अहिले सर्वोच्च अदालतमा रहेको छ। विमानस्थलको १९ सय हेक्टर जमिनमा भएका रुखबिरुवा तथा पोल मध्ये हालसम्म ५७ हजार ३ सय ५० गणना भइसकेको छ । यसैगरी विमानस्थल क्षेत्र भित्र पर्न आउने टाँगिया वस्ती स्थान्तरणको अध्ययन अन्तिम चरणमा रहेको र काट गाउँमा मुआब्जा वितरणको काम भइरहेको आयोजना कार्यालयले जनाएको छ । 

काट गाउँका १ सय १० विघा जग्गा मध्ये ६५ बिघा जग्गाका लागि ४४ करोड बढी मुआब्जा वितरण भैसकेको छ । 

एसियाकै ट्रान्जिट हब विमानस्थलका रूपमा निजगढ विमानस्थललाई विकास गर्ने प्राधिकरणको योजना अनुरुप गुरुयोजना निर्माणका लागि गरेको टेन्डरमा १३ कम्पनीहरुले सहभागीता जनाएका थिए । १३ कम्पनीको आबेदन मध्येमा सर्टलिस्टमामा परेका ६ वटा कम्पनीमध्येबाट उत्कृष्ट ३ मध्येमा परेको सिजी इन्फ्राटारविडिए जेभीसँग प्राधिकरणले सम्झौता गरेको हो । 

सर्टलिस्टमा परेका ६ वटा कम्पनीहरुमा सिबिआरीरइन्डिया एभिएसन कन्सल्टिङ एन्ड सपोर्ट एलएपी (जेभी), एइसिओम एसियन कम्पनी लिमिडेट, एनएसिओ (नाको), सिजी इन्फ्राटारबिडिए जेभी, डोर्च कन्सल्टिङ र रितरएसएइसी जेभी रहेका थिए । सिजी (क्रिएटिभ ग्रुप) र इनफ्राटा भारतीय इन्जिनियरीङ कन्सल्टेन्सी कम्पनी हो भने बिडीए (बिल्डिङ डिजाइन अथोरिटी) नेपाली इन्जिनियरिङ कन्सल्टेन्सी कम्पनी हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved