हिमालय एयरलाइन्सको ल्हासामा परीक्षण उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2021 | 01:43:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान गरेको छ । आज बिहान सबा ७ बजे काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सन् २०२१ को पहिलाे उच्च उचाईको गन्तव्यमा परीक्षण उडान गरेको एयरलाइन्सले जनाएको छ । 

उक्त परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिका वद्ध उडानहरू सुरू गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप नै भएको  जनाइएको छ । काठमाडौँबाट ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा विहान १०ः४६ बजे (स्थानीय समय) मा अवतरीत गरेको जनाईएको छ । ल्हासाबाट फिर्ती उडान आजै अपरान्ह १५ः०० बजे (स्थानीय समय) मा गर्ने र काठमाडौंमा दिउँसो २ बजे अवतरण  हुने कम्पनीले जनाएको छ । 

एअरलाइन्सका सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दीले, वरिष्ठ क्याप्टेनहरु सहित परीक्षण उडानका चालकदलको नेतृत्व गरेका थिए । 

सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्सले मलेसियाको क्वोलालम्पुर, साउदी अरबको दमाम, युएईको अबुदाबी, दुबई, बंगलादेशको ढाँका, कतारको दोहा र चीनका पाँच शहरमा उडान गर्दै आएको छ । हिमालयसँग एयरबस ए–३२० सिरिजका १५८ सिट क्षमताका चारवटा विमान रहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved