६ महिनामा राष्ट्रिय गौरवका अन्तराष्ट्रिय विमानस्थल आयोजनाको प्रगति कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 02:36:28 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय गौरवका आयोजना अन्तरगत रहेको तीन वटा अन्तराष्ट्रिय विमानस्थल आयोजनाको भौतिक प्रगति निराशाजनक रहेको छ । अर्थमन्त्रालयले मंगलबार सार्वजनिक गरेको बजेटको अर्धवार्षिक समीक्षा अन्तरगत  निर्माणको अन्तिम चरणमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको भैतिक प्रगति ३० प्रतिशत मात्र रहेको छ । 

सरकारले उच्च प्राथमिकतामा राखेको उक्त आयोजना अन्तरगत चालु आर्थिक वर्षका लागि ४ अर्ब ७२ करोड ५० लाख बजेट विनियोजन गरेको थयो । विनियोजन रकम मध्येमा ६ महिनामा २ अर्ब ९८ करोड अर्थात ६३ प्रतिशत वित्तीय प्रगति भएको छ । 

अर्थको तथ्यांक अनुसार ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । तीन हजार मिटर लम्बाईको धावन मार्ग, ट्याक्सी वे एवम् एप्रोनको सिभिल निर्माण तर्फको कार्य सम्पन्न भएको छ । आयोजनाको उत्तरतर्फको कार पार्किङ एरियामा कालोपत्रे गर्ने लगायतका कार्यहरु सम्पन्न भएका छन् । 

गौरवका आयोजना अन्तरगत रहेको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल आयोजनाको भौतिक प्रगति २१ प्रतिशत रहेको छ । तथ्यांक अनुसार उक्त आयोजना अन्तरगत १० अर्ब ७५ करोड बजेट विनियोजन भएकोमा ५ अर्ब ६ करोड अर्थात ६५ प्रतिशतभन्दा बढी वित्तीय प्रगति भएको छ । 

यसैगरी, निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजना अन्तरगत ५० करोड बजेट विनियोजन भएकोमा हालसम्म ५ करोड अर्थात १० प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजनाको भौतिक प्रगति ३० प्रतिशत रहेको छ  । 

गत वर्ष झैँ यस वर्ष पनि गौरवका अधिकाशं आयोजनाको खर्च अवस्था निराशाजनक देखिएको छ । मन्त्रालयले सार्वजनिक गरेको गत ६ महिनाको तथ्यांक अनुसार उक्त आयोजनाहरूमा विनियोजन गरिएको रकमको १५.१९ प्रतिशतमात्र खर्च भएको छ । 

सरकारले चालु आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजनाहरूमा ९२ अर्ब ६ करोड २३ लाख रकम विनियोजन गरेको थियो । जसमा हालसम्म १३ अर्ब ९८ करोड ८५ लाख मात्र खर्च भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved