पोखरा सिमरा हवाई सेवा सुरु हुँदै, कति लाग्छ भाडा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2021 | 04:37:47 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा सिमराबीच सिँधा हवाई सेवा सुरु हुने भएको छ । गण्डकी प्रदेश सरकार, यती र तारा एयरलाइन्स र जीतपुर सिमरा उपमहानगरपालिकाबीच सिँधा हवाइ सेवा सञ्चालन गर्ने सहमति भएका हो । 

पोखरामा भएको छलफलमा चैत १५ गतेदेखि हप्तामा ३ दिन हवाई सेवा सुरु गर्ने टुङ्गो लागेको हो । गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले चैत १५ गते फागु पूर्णिमाको अवसरमा पोखरा र सिमराबीच हवाइ उडान सुरु गर्ने बताएका छन् । उनले गण्डकी प्रदेशले ७ ओटै प्रदेशमा हवाई सञ्जाल जाड्ने योजना बनाएको पनि जानकारी दिएका छन् । पोखराबाट प्रदेश १ को विराटनगरमा हवाइ उडान हुँदै आएकोमा कोरोनाका कारण सेवा अबरुद्ध छ । 

पोखराबाट सिमरामा हुने उडान आइतबार, बुधबार र शुक्रवार हुने छ । सहमतिमा भाडादर पनि तय भएको छ । एक जनाले पोखरा सिमरा उडानका लागि ४ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने छ । यती एयरले २९ सिटे सानो जहाजबाट सेवा सुरु गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved