टर्कीले रोक्यो नेपालसहित ६ मुलुकसँगको हवाई उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2021 | 03:05:43 PM मा प्रकाशित

laxmi  sunrise bank

टर्कीले नेपालसहित ६ वटा मुलुकबाट हवाई उडानमा रोक लगाएको छ । कोरोनाको महामारी फैलन सक्ने आंशका गर्दै टर्कीले सोमबारबाट नेपालसहित भारत, माल्दिम्भ, श्रीलंका, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुँदै आएका उडानमा रोक लगाएको हो । 

नेपालले उडान खुला गरेपछि टर्कीले भने उडान रोकेको हो । टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गर्दै आएको छ । 

टर्कीले उल्लेखित ६ देशबाट अन्य देशबाट आफ्नो देश प्रवेश गर्दा पछिल्लो १४ दिन यता ती देशमा रहेको भए ७२ घण्टा भित्रको पिसिआर रिर्पोट अनिवार्य खोज्ने भएको छ । योसँगै १४ दिन क्वारेन्टिन पनि अनिवार्य गरिएको छ । 

पाकिस्तान र अफगानिस्तानबाट टर्की जाने यात्रुलाई भने १० दिन मात्रै क्वारेन्टिन बसे पुग्नेछ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved