क्यान टुक्रयाउने विधेयक विरुद्द कर्मचारी आन्दोलित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2021 | 06:06:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) लाई टुक्रयाउने गरी विधेयक आएको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । प्राधिकरणलाई टुक्रयाएर २ वटा संरचना बनाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा जाने क्रममा रहेपछि कर्मचारी आन्दोलित भएका हुन् । 

यान टुक्रयाउने विधेयक ल्याउन स्वार्थ समुहको चलखेल रहेका र यदि टुक्रिएको अवस्थामा हवाई सेवा महँगो हुने र उड्डयन सुरक्षामा नै असर पर्ने कर्मचारीहरुको दाबी छ । 

सोमबारदेखि बिहान १० बजेदेखि १ बजेसम्म कर्मचारीले पेन डाउन गर्दै आएका छन् । अहिले बुधबारसम्मका लागि आन्दोलनका कायक्रम तय भएका छन् । 

बिहिबारबाट महानिर्देशकको कार्यकक्षमा तालाबन्दी गर्ने कार्यक्रम पनि सार्वजनिक भएको छ ।

सरकारले आज प्रतिनिधि सभामा प्राधिकरण टुक्रयाउने गरी २ विधेयक दर्ता गरेको छ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाइ सेवा प्राधिकरण विधेयक प्रतिनिधि सभामा टेबल गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved