बुद्धको जहाजको टायरमा हावा फुस्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2021 | 01:43:48 PM मा प्रकाशित

laxmi  sunrise bank

जहाजको टायरको हावा फुस्किएको छ । बाराको सिमरा विमानस्थल ल्याण्ड भएर पार्किङ क्षेत्रमा जाँदै गर्दा जहाजको टायरको हावा फुस्किएको हो ।

काठमाडौँबाट सिमरा पुगेको जहाज अवतरणपछि पार्किङतिर लैजाँदा टायरको हावा फुस्किएको बताईएको छ । 

१०ः५३ बजे सिमरा विमानस्थलमा अवतरण भएको बुद्ध एयरको उडान नम्बर ५५३ जहाजको टायरको हावा निस्किएपछि उडान डिले भएको छ। 

९ः३० बजे जै सिमरामा ल्याण्ड हुनुपर्ने जहाज करिब ११ बजेको समयमा पुगेको हो । अहिले टायर मर्मतको काम भईरहेको छ । 

सोही जहाजबाट काठमाडौँ आउने यात्रु ल्याउने तयारी रहेपनि जहाजको टायरको हावा निस्किएपछि काठमाडौँबाट अर्को जहाज लगेर त्यहाँ लाइनमा रहेका यात्रुलाई काठमाडौँ ल्याइने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved