यतिले पायो अन्तराष्ट्रिय उडानको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2021 | 01:53:46 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रबाट सञ्चालित वायु सेवाप्रदायक कम्पनी यति एयरलाइन्सले अन्तराष्ट्रिय उडानको अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार यतिलाई अन्तराष्ट्रिय उडानको अनुमति दिएको हो ।

कम्पनीले ननसेड्यूल तथा चार्टर्ड उडान गर्न सक्ने गरी अन्तराष्ट्रिय उडानको अनुमति पाएको हो । 

एटीआर ७२ जहाजहरु भएको यतिले अन्तराष्ट्रिय उडानको अनुमति पाएसँगै नेपालबाट अन्तराष्ट्रिय उडानको अनुमति पाउने वायुसेवा कम्पनीको संख्या ५ पुगेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सले यसअघि नै अनुमति पाईसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved