त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका हाकिम फेरिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2021 | 09:10:33 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक फेरिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणमा एभिएशन सेफ्टी एण्ड सेक्युरिटी विभाग प्रमुख रहेका भोलाप्रसाद गुरागाईं त्रिभुवन विमानस्थलको नयाँ महाप्रवन्धक बनेका हुन् ।

प्राधिकरणले विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा प्रमुखको रुपमा पठाएको छ । अहिले प्रतिष्ठानको प्रमुख रहेका देवचन्द्रलाल कर्णलाई प्राधिकरणमा तानिएको छ ।

एक साताअघि प्राधिकरणको महानिर्देशक बनेका राजकुमार क्षेत्रीले जिम्मेवारी हेरफेर गरेका हुन् । मन्त्रिपरिषद्को कात्तिक ९ गतेको बैठकले क्षेत्रीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved