पाइलटको ‘ड्युटी’ सकिएर रुकुम उडेको जहाज नेपालगञ्ज अवतरण गराईएको निगमको स्वीकारोक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2021 | 12:51:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमले काठमाडौँबाट रुकुमको सल्ले विमानस्थलका लागि उडेको जहाज नेपालगञ्जमै अवतरण हुनुमा पाइलटको ड्यूटी सकिनु नै कारण भएको स्वीकार गरेको छ । 

काठमाडौँबाट रूकुमका लागि उडेको जहाज नेपालगञ्जमा अवतरण गराउने पाइलटलाई पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । सो सम्बन्धमा निगमले बुधबार विज्ञप्ति जारी गर्दै निगमले स्पष्टीकरण दिएको हो।

‘आइतबार बिहान ६ः१५ मा उडान हुने जहाजको लागि ५ः१५ मा उडान कर्मचारीहरूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बोलाइएको थियो तर मौसम प्रतिकूलताका कारण काठमाडौं–रूकुम (सल्ले) उडान हुन नसकेपछि उडान रद्द गरिएको  थियो । अपरान्ह २ः१५ बजेको लागि पुनः सञ्चालन गर्ने तालिका तय भयो। त्यसपछि विमान चालकरपरिचारक एवं यात्रुलाई फोन गरेर पुनः विमानस्थल बोलाइयो’ निगमले भनेको छ, ‘तर उडान रद्द भएर घर फर्किएका यात्रुलगायत सबै जना आइपुगेर उडान भर्न लाग्दा अपरान्ह २ः५८ भएको थियो। काठमाडौं–रुकुम (सल्ले) उडान भरिसक्दा अपराह्नको कम्तीमा ५ बज्ने अवस्था थियो।’ 

बिहान ५ः१५ बजेदेखि ड्युटी सुरू भएको विमान चालकको ड्युटी ४ बजे पूरा भइसक्ने र रूकुम पुगेर नेपालगञ्ज फर्किन नसक्ने अवस्था भएकाले नेपालगञ्जसम्म मात्र उडान भर्ने निर्णय पहिल्यै भईसकेको दाबी निगमको छ । 

पाइलटको फ्लाइट ड्युटी दैनिक १० घण्टाको हुने भएकाले त्यस दिन रूकुम (सल्ले) उडान नगर्ने निर्णय भएको निगमको दाबी छ । 

‘रूकुम र नेपालगञ्ज जाने यात्रुहरूलाई काठमाडौंमै राखिरहनुभन्दा नेपालगञ्जसम्म पुर्‍याएर रूकुम जाने यात्रुहरूलाई निगमको नियमानुसार होटलमा राखी भोलिपल्ट बिहानै रूकुम पुर्‍याउनु पर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि थियो’ निगमले भनेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved