नेपाल एयरलाइन्सले आजदेखि साउदीमा उडान भर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2022 | 05:09:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमको जहाजले आजबाट साउदी अरबमा उडान सुरु गर्दैछ । 

ठूलो संख्यामा नेपालीहरु रहेको साउदीमा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले आजदेखि नियमित उडान सुरु गर्न लागेको हो । साउदीको रियादका लागि काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज आज साँझ ७ः१५ बजे उड्ने छ । 

निगमले साउदीका रियाद, दमाम र जेद्दामा उडान अनुमति पाएपनि पहिलो चरणमा रियादमा मात्र उडान गर्न लागेको हो । रियादमा निगमको जहाजले साताको दुई उडान गर्ने भएको छ ।

शुक्रबार र आइतबार काठमाडौंबाट निगमको जहाज रियाद उड्ने छ । रियादबाट भने शनिबार र सोमबार काठमाडौँ फर्कनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved